बुध, साउन २७, २०८३

कञ्चनपुरकी रेखा जोशी नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्यमा मनोनित


कञ्चनपुर, साउन २७कञ्चनपुरकी स्थानीय एव बरिष्ठ लोक देउडा गायक रेखा कुमारी जोशीलाई सरकारले नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्यमा मनोनित गरेको छ । १९साउन ०८३मा प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जोशीलाई नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्यमा मनोनित गरेको हो ।

नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन ०६४को दफा ८को उपदफा ११बमोजिम गठित समितिको सिफारिसका आधारमा जोशीलाई सदस्यमा मनोनित गरेको हो ।सुदूरपश्चिम प्रदेश कञ्चनपुर भीमदत्त नगरपालिका ७ हल्दुखाल महेन्द्रनगर घर भएकी जोशी पछिल्लो दिनहरुमा लोक देउडा गितमा अब्बल प्रस्तुती गर्दै आएकी छिन । झण्डै दशक बढि समयदेखि रेखाले राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा आफ्नो लोक देउडाको धमाकेदार प्रस्तुती गर्दै आएकी हुन ।

विगतका रेडियो कञ्चनपुरकी पत्रकार समेत रहेकी जोशीलाई राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) नेतृत्वको सरकारले सदस्यमा मनोनित गरेसंगै उनलाई आफन्तहरुले बधाई दिईरहेका छन । बरिष्ठ लोक देउडा गायक रेखा जोशीले सरकारले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेकी छिन ।

यस अघि सरकारले नेपाल प्रंज्ञा प्रतिष्ठानमा कञ्चनपुरकै श्याम सुन्दर ढकाल र खडक कुमार गिरीलाई पनि सदस्यमा नियुक्त गरेको छ । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्यमा मनोनित भएकी कलाकार रेखा जोशीले आफुले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै जाने प्रतिबद्धता जाहेर गरेकी छिन । उनले आफुलाई सरकारले दिएको जिम्मेबारीले थप उत्साहित प्रेरणा दिएको बताउँदै जिम्मेबारी दिनेदेखिका सबै महानुभावहरुप्रति आभार प्रकट गरेकी छिन ।

सम्बन्धित समाचार