महेन्द्रनगर । वरिष्ठ पत्रकार खेम भण्डारीले अदालतका न्यायाधीशहरुको सम्पत्ति छानबिन गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । एक महिना सात दिन कारागार बिताउनुभएका पत्रकार भण्डारी शनिवार कारागारबाट रिहा भएका थिए ।
कारागारबाट रिहा भएपछि शनिवार अपराह्न पत्रकार सम्मेलनमार्फत पत्रकार भण्डारीले न्यायाधीशको सम्पत्ति छानबिन गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । कारागारमा एक महिना सात दिन बिताएका वरिष्ठ पत्रकार भण्डारीले न्यायधीशको सम्पत्ति छानबिन अख्तियारबाट नभई न्याय परिषद् बाटै गरिनुपर्ने आवश्यकता औँल्याए ।
न्यायालयको गरिमा कायम गर्नका लागि न्याय परिषद्बाटै न्यायधीशको सम्पत्ति छानबिन गरिनुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । न्यायालय प्रतिको विश्वास फिर्ता ल्याउन सरकारले बेलैमा उचित कदम चाल्नुपर्नेमा पत्रकार भण्डारीले जोड दिए ।
पत्रकार सम्मेलनका क्रममा वरिष्ठ पत्रकार भण्डारीले निर्मलाहत्या प्रकरणमा प्रमाणनष्ट गर्ने आठ जना प्रहरीलाई अदालतले सफाइ दिएर पुनरावेदन गर्न नमिल्ने भन्दै मुद्दा टुंगो नै लगाइदा स्वच्छ न्यायालयमा यसो हुन नहुने बताए ।
अदालतबाट सफाइ पाएपछि हाल पूर्व प्रहरी प्रमुख सहितका सामाजिक सञ्जालमा आफु निर्दाेश रहेको भन्दै जनमानसमा भ्रम छल्दै आएका छन् ।
घटनास्थल प्रमाण सुरक्षित राख्नुपर्ने, बालिका बलात्कारमा संलग्नको खोजि गरि उनिहरुलाई कानुन बमोजिम कारबाही गर्नुको साटो सरकारको सुविधामा सामाजिक सञ्जालहरुमा भ्रम छर्नमा ति पुर्व कर्मचारी तल्लीन हुँन थालेको भन्दै चर्काे आलोचना समेत भइरहेको छ ।

