२०८३ कार्तिक ११, बुधवार

बेलडाँडी विद्युत सवस्टेशन निर्माणका लागि प्रदेश कार्यालयदेखि फाइल अघि बढ्यो, २१ करोडको स्टमेट


बेलडाँडी। कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा विद्युत सवस्टेशन निर्माण कार्यका लागि प्रदेश विद्युत कार्यालय देखि फाइल अघि बढेको छ ।गाउँपालिका भित्र विद्युतिकरणका लागि पालिकाको वडा नम्बर –२, गौडीमा पालिकाले सवस्टेशन निर्माणका लागि ठाउँ दिएपछि प्रदेश विद्युत कार्यालयले २१ करोडको स्टमेट सहितको फाईल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय पठाएको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख जंग बहादुर चन्दले जानकारी गराउनु भयो ।उहाँका अनुसार बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडी सवस्टेशनको मागगर्दै सवस्टेशनका लागि जमिन समेत उपलब्ध गराइसकेकाले सबै प्रक्रिया सहितको फाईल आज उहाँकै उपस्थितिमा अघि बढाएको जनाए । उनले भने लालपुर, दैजी हुदै सिधै बेलडाँडी लाईन सहितको सवस्टेशनका लागि २१ करोडको स्टमेट गरिएको जनाए । यसै आर्थिक बर्षदेखि काम शुरुहुनेगरी प्रत्रयिा अघि बढाएको वहाँले जनाउनु भयो ।बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाका अनुसार बेलडाँडीका जनताले विद्युतका कारण धेरै सास्ती खेप्नुपरेकाले त्यसको अन्त्यका लागि प्रक्रिया अघिबढाएका छौं । यसै बर्ष देखि योजना स्वीकृत हुने विस्वास व्यक्त गनु भयो ।बेलडाँडीका जनताले विद्युतका कारण धेरै समस्या झेल्नुपरेको छ । लालपुर देखि दैजी, झलारी, कलुवापुर, बन्सा,कालागौडी, चानदेव, बेलौरी, कलकत्ता, शिवनगर हुदै बेलडाँडी आउने क्रममा बिचको कुनै ठाउँमा समेत विद्युत अवरोध हुदा समस्या झेल्नुपरेकाले त्यो अन्यका लागि आफु लागि परिएको बताए ।

सम्बन्धित समाचार

Leave a Reply