कञ्चनपुर, असोज १३कञ्चनपुरको एक बैंक र अस्पतालले निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । एमएमबी बैंक र मन्त्र अस्पतालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो । आईतबार विश्व मुटु दिवसको अवसरमा बैंकमा सेवा लिन आउने सेवाग्राहीहरुका लागी मुटुरोग सम्बन्धी एक दिने स्वास्थ्यशिविर संचालन गरेको जनाएको छ । मन्त्रहस्पिटल एण्ड रिसर्च सेन्टरले निशुल्क चेकजाँच सेवाउपलब्ध गरी बिरामीलाई निशुल्क औसधी समेत बितरण गरेको हो । एनएमबिबैंक शाखा महेन्द्रनगरमा सेवालिन आउने करिब ६० सेवाग्राही र बैंक कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरेको बैंकका म्यानेजर खेमराज उपाध्यायले बताए । स्वास्थ्य परिक्षण मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका डा. गोबिन्द रोकाया र डा. सन्जय कुमार यादब सहितको मेडिकल टिमले मुटु परिक्षणमा प्रेसरका बिरामी बढी भेटिएकाले रोगबाट बच्ने उपाया र सचेतिकरणबारे सेवाग्राहीलाई सुसुचित गराएका थिए । मुटुरोग बढ्नुमा व्यस्त जिवनशैली, प्रशोधित खानेकुराको प्रयोग, तनावपुर्ण जिवनशैली र आवश्यकव्यायामको कमिमूख्यकारण रहेको डा. गोबिन्दले बताए । साथै थप समस्या हुनबाट बच्न समयमै आवश्यकजाँच गराउनर उचितखानपान र नियमित व्यायाम गर्न सुझाव दिएका छन । एनएमबिबैंक लिमिटेडले बैंकले दिने आफ्नो दैनिक सेवाका साथै पटक यस्ता सन्देशमुलककार्यक्रम गर्दै आईरहेको बरिष्ठ एरिया मेनेजर शुसिल बहादुर सिँहले बताए । उनका अनुसार एनएमबिबैंक दिफिनान्सियल टाइम्स, लण्डनको “दब्यान्कर”पत्रिकाद्घारा एसियाकै सर्वोत्कृष्ट उपाधि“बैंक अफदिइयर एसिया २०२१” बाट सम्मानित भइसकेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनिउक्तपत्रिकाद्घारा हाल समाचार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । एनएमबि बैंकले महेन्द्रनगर सहित हाल देशभर २०१ शखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदानगर्दै आएको जनाएको छ ।

