कञ्चनपुर, असार २३कञ्चनपुरको लालझाडी गाँउपालिका माध्यामिक शिक्षा परीक्षा(एसईई)मा यस बर्षपनि नतिजा अत्यन्तै निरासाजनक आएको छ । लालझाडीका विद्यालयले ५० प्रतिशत समेत नतिजा कटाउन सकेनन । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसईई ०८१को नतिजा सार्वजनिक गरेको थियो । गाँउपालिकाले १ निजी सहित ६ सामुदायिक विद्यालयकोे एसईईको नतिजा सार्वजनिक गरेको छ । निजी क्षेत्रबाट संचालनमा रहेको त्रिनेत्र एजुकेशन एकेडेमी प्रतिशतका हिसाबले पहिलो भएको छ । भने, विद्यार्थी संख्याका आधारमा भानु मावि गाँउपालिकामै पहिलो भएको छ । ०८०मा पनि भानु माविका २२ मध्ये १६ विद्यार्थी उर्तिण भएका थिए । ०८० मा ७३ र ०८१मा भानुले ५६ प्रतिशत नतिजा ल्याएको छ । ६ सरकारी लगानीमा संचालनमा रहेका विद्यालयका २सय ५५ विद्यार्थी मध्ये ८६मात्रै उर्तिण भएका छन । १ सय ६९ विद्यार्थी फेल भएका छन । जसमध्ये ३४ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएका छन । प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले हस्ताक्षर गरेको एसईई नतिजा सार्वजनिक अनुरुप शैक्षिक सत्र ०८१मा पनि सुन्य नतिजाबाट गाँउपालिका मुक्त भएको छैन । ०८० मा दुई विद्यालय निल भएका थिए , भने, ०८१ मा १ विद्यालय निल भएको छ । ०८० मा लालझाडी गाँउपालिका ३ छोटी पर्सियाको सरस्वती मावि, ४ बैजनाथ मावि जाई र ०८१ मा नौरङगाको शारदा राष्ट्रिय माविको निल भएको छ । शारदा राष्ट्रिय माविका ३४ विद्यार्थी पुरै फेल भएका छन । शारदा मावि छोटी पर्सियाका ४८ मध्ये १२, स्वतन्त्र माविका १४ मध्ये ४, त्रिनेत्र एकुगेशन एकेडेमीका २८ मध्ये २१, भानु मावि कञ्जका ७० मध्ये ३९, रामेश्वर मावि चान्देवका २२मध्ये ७, बैजनाथ माविका ४० मध्ये ३ विद्यार्थी मात्रै उर्तिण भएका छन । ०८०मा निल भएका सरस्वती माविका १२ र बैजनाथ माविका ३ विद्यार्थी ०८१मा उर्तिण भएका छन । भानु माविका प्रद्यानाध्यापक बेद प्रशाद उपाध्यायले शिक्षक, विद्यार्थीको मेहनतले यतीसम्मको विद्यालयलाई सफलता मिलेको बताए । प्रअ उपाध्यायले आगामी दिनमा थप मेहनत गरेर शैक्षिक गुणस्तर बृद्धि गर्दै उर्तिण दर बढाउने प्रतिबद्धता जाहेर गरेका छन । प्रअ उपाध्यायले शिक्षक विद्यार्थी प्रर्बद्धनका कार्यक्रम ल्याएरै भएपनि शैक्षिक गुणस्तर बृद्धि गर्ने बताए । ्भानु माविका अध्यक्ष प्रकास रानाले शिक्षकको अति मेहनत र विद्यार्थीका लगावका कारण पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । अध्यक्ष रानाले आगामी दिनमा विद्यालयमा भएका अभावपुर्ति गर्दै थप शैक्षिक सुधार गर्ने बताए । उनले पालिकाका सबै विद्यालय सुधारोन्मुखमा पालिका सरकार जिम्मेबार बन्नुपर्ने सुझाव दिए । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले आधा विद्यार्थी भन्दा बढि विद्यार्थी अनुर्तिण भएको भन्दै चिन्ता व्यक्त गरेका छन । प्रमुख रानाले नतिजा सुधारका कार्यक्रम गर्ने बताए । शिक्षकको लार्पबाहीले उनीहरु नियमित विद्यालय नपढाउँदा विद्यार्थीले पढ्न छाडेको र अभिभावकले पनि हेरचाह गर्न छाडेको बताए । गाँउप्रमुख रानाले अहिले गाँउपालिकामै उत्कृष्ट नतिजा ल्याएको भावि माविले आगामी दिनमा सत प्रतिशत नतिजा ल्याउनुपर्ने र अन्य निल भएका विद्यालयले ब्यापक सुधार गर्नुपर्नेमा जोडदिए । गाँउप्रमुख रानाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी सहित सरोकारवाला निकायले मेहनत गर्नुपर्नेमा बताएका छन । हरेक बर्ष लालझाडीमा क्रमिक रुपमा एसईई नतिजा नाजुक आउन थालेपछि अभिभावक चिन्तित भएका छन ।
एसईई नतिजा ०८१ ः लालझाडी सुन्य मुक्त भएन् भानु माविको गाँउपालिकामै प्रथम स्थानको निरन्तरताडम्मर भट्ट

