महेन्द्रनगर। कञ्चनपुरमा १६३.९७ क्यूफिट काठ बरामद गरिएको छ। शनिबार इलाका प्रहरी कार्यालय शंकरपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले आप र मसलाका गरी १६३.९७ क्यूफिट काठ बरामद गरेको हो।
लालझाडी गाउँपालिका–३ बल्मीमा बेदकोट नगरपालिका–५ पोलखरीका गणेश बहादुर बोहराले चलाएको सु.प.प्र.०२–००१ ख १०८७ नम्वरको ट्रकबाट आपका ४९ गोलिया १२८.६२ क्यूफिट,मसलाका ३७ गोलिया ३३.४२ क्यूफिट र १.९३ क्यू.फिट दाउरा गरी जम्मा १६३.९७ क्यू.फिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बरामद गरिएका काठ सव–डिभिजन वन कार्यालय लालझाडीलाई बुझाइएको छ।

