कञ्चनपुर । पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत सुदूरपश्चिम प्रदेश कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीकोे अत्तरिया सडक स्तरोन्नती गरिनेछ ।
बिहीबार प्रतिनिधी सभा(संसद)मा अर्थमन्त्री विष्णू पौडेलले आगामी आर्थिक बर्ष ०८२÷०८३को बजेट घोषणा गर्दै गड्डाचौकी अत्तरिया सडक स्तरोन्नतीका लागिद २१अर्ब, १९करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन ।
झण्डै ४८किलोमिटर सडक विस्तारसंगै थप यातायातमा सुविधा पुग्ने छ । यस्तै सरकारले पञ्चेश्वरको डिपिआर बनाउने महाकाली नदी नियन्त्रण, दैजी औद्योगिकक्षेत्र विस्तारका लागि लगानी बोर्ड मार्फत अघी बढाउने, महाकाली सिँचाई तेस्रो चरण ३ बर्षभित्रै सम्पन्न जनाएको छ ।

