२०८३ कार्तिक ११, बुधवार

गणतन्त्र दिवसको अवसरमा वेष्र्टन एकेडेमीद्वारा मैत्रीपुर्ण कबडी प्रतियोगिता


कञ्चनपुर, जेठ १६ गणतन्त्र दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिका १८कटान महेन्द्रनगरमा रहेकोे वेष्टर्न एकेडेमीले मैत्रीपुर्ण कर्बडी प्रतियोगिता आयोजना गरेको छ ।

१८औँ गणतन्त्र दिवसको अवसरमा विद्यालयले विवित कार्यक्रम गरेकोे जनाएको छ । वेष्टर्न एकेडेमीका संचालक बिर्ख बहादुर मल्लले विवित कार्यक्रम गरेर दिवस मनाएको बताए ।

उनका अनुसार मैत्रीपुर्ण कर्बडी प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा आयोजक वेष्र्टन एकेडेमी र महाकाली जनसेवा माविविच भएको थियो । ८अंककोे फराकिलो मतले आयोजकले जितेको छ ।

वेष्टर्न एकेडेमीका प्रिन्सिपल विवेकराज कलौनीकोे अध्यक्षतामा अखिल नेपाल कबडी संघका केन्द्रीय सचिव तर्कराज भट्टको प्रमुख आथित्यमा भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply