सरकारले सडक निर्माण गर्दा सुरुङ प्रविधिको विस्तार गर्ने बताएको छ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८२/०८३ को बार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
आगामी आवमा नागढुंगा र सिद्धबाबा सुरुङ सञ्चालन गरिने उनले बताए।
त्यसका लागि दुई अर्ब ६० करोड विनियोजन गरिएको उनको भनाइ छ।यसैगरी, अब आरसिसी ढलानसहित सडक कालोपत्रे गरिने पनि उनले बताए।

