आइत, असार ७, २०८३

दार्चुलाको नौगाडमा कृषि उपज सङ्कलन तथा विक्री केन्द्र सञ्चालनमा


दार्चुला, दार्चुलामा कृषि उपज सङ्कलन तथा विक्री केन्द्र स्थापना गरिएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नं ४बंगाबगडमा कृषि उपज सङ्कलन तथा विक्री केन्द्र स्थापना गरिएको हो ।

शनिबार नौगाड गाउँपालिका कृषि विकाश शाखाको आर्थिक वर्ष २०८१÷०८२ को बाषिक स्वीकृत कार्यक्रम अनुसार कृषि उपज सङ्कलन तथा विक्री केन्द्र स्थापना गरिएको स्थानीय मुकुन्द ठगुन्नाले जानकारी दिनुभयो ।

नौगाडको अर्गानिक कृषि उपजलाई बजारीकरण गर्नमा सहजता ल्याउन सकिन्छ भन्ने उदेश्यका साथ आज औपचारीक रुपमा सङ्कलन तथा विक्री केन्द स्थापना गरिएको उहाँले बताउनु भयो ।

तत्काल अहिले गाउपालिकाले बंगाबगडमा पसल भाडामा लिएर कृषि उपज सङ्कलन तथा विक्री केन्द्र स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।यसको सहकजीकरण ब्यबस्थापन र बजारीकरण सामग्रीहरु जस्ता पक्षमा आर्थिक तथा प्राबिधिक सहयोग गाउँपालिकाले गर्नेछ ।

कृषि उपज सङ्कलन तथा विक्री केन्द्र स्थापना भएपछि नौगाडका कृषि तथा पशुपालन व्यावसायिलाइ बजारिकरणमा प्रत्यक्ष फाइदा हुने अनुमान गरिएको छ ।

गाउँपालिकाका किसानलाई आयआर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न सङ्कलन तथा विक्री केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष दलजित सिह धामीले बताउनु भयो ।

वर्षातको बेला हरेक वर्ष खलङ्गा–दल्लेख सडक खण्ड अबरुद्ध हुने गरेको छ ।

सडक अबरुद्ध हुदा नौगाडका तरकारी किसानहरुलाई उत्पादन गरिएको तरकारी सदरमुकाम सम्म ल्याउन समस्या हुने गरेको भन्दै यसलाई न्युनिकरण गर्नसमेत कृषि उपज सङ्कलन तथा विक्री केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषि तथा पशु जन्य बस्तुको खरिद बिक्रीको लागि ९८६३१०५१२७ वा ९८६५६३२८५५ मा सम्पर्क गर्न हुन आम सरोकारवालाहरुमा अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply