काठमाडौं । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलियाबीच खेल हुँदैछ।
खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार दिउँसो २: ४५ बजे सुरु हुनेछ।
यी दुई टोली आईसीसी प्रतियोगिताको नकआउट चरणमा नवौं पटक आमनेसामने हुनेछन्।
अघिल्ला भिडन्तहरूमा दुवै टोलीले ४- ४ खेल ले जितेका थिए।
यी दुई टोली अन्तिम पटक २०२३ को एकदिवसीय विश्वकप फाइनलमा आमनेसामने भएका थिए, जहाँ अष्ट्रेलियाले भारतलाई उसकै घरेमु मैदानमा ६ विकेटले पराजित गरेको थियो।

