२०८३ कार्तिक ९, सोमवार

वर्षौंपछि गर्जियो बेलडाँडीको पुरानो क्लब शिवशक्ति! आयोजक ‘सी’ लाई पेनाल्टीमा हराउँदै फाइनलमा


कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेग बेलडाँडीमा जारी ‘बेलडाँडी फुटबल महोत्सव–२०८३’ मा क्षेत्रकै पुरानो क्लब शिवशक्ति युवा क्लबले वर्षौंपछि आफ्नो पुरानो लयको झल्को देखाउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ।

आइतबार सम्पन्न सेमिफाइनल खेलमा शिवशक्ति युवा क्लबले आयोजक बेलडाँडी फुटबल एकेडेमी ‘सी’ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि भिडन्तमा प्रवेश गरेको हो।निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा आयोजक टोली ‘सी’ लाई पछि पार्दै शिवशक्ति युवा क्लब फाइनलमा प्रवेश गरेका छन्।

बेलडाँडी क्षेत्रकै पुरानो क्लबका रूपमा परिचित शिवशक्ति युवा क्लबको फाइनल प्रवेशले समर्थक तथा स्थानीय खेलप्रेमीमा उत्साह थपेको छ। टोलीका प्रशिक्षक मदन बडुवाल र टिम म्यानेजर प्राञ्जल विष्ट रहेका छन्।

उपाधिका लागि आयोजककै ‘बी’ टोलीसँग भिडन्तप्रतियोगिताको अर्को सेमिफाइनलमा बेलडाँडी फुटबल एकेडेमी ‘बी’ ले बैबाह युवा समाज लाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।अब उपाधिका लागि आगामी ३ गते दिउँसो १२ बजे शिवशक्ति युवा क्लब र बेलडाँडी फुटबल एकेडेमी ‘बी’ बीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित समाचार