सोम, जेष्ठ २५, २०८३

बैतडीमा सम्पन्न अन्तरपालिकास्तरीय भलिबलको उपाधी दनपालाई ?


 गणेश जोशी बैतडी ।बैतडीमा सम्पन्न अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधी दशरथचन्द नगरपालिकाले हात पारेको छ ।

सोमवार गोठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा मेलौली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्द नगरपालिकाले उपाधी जितेको हो ।

उपाधी हात पारेको दशरथचन्द नगरपालिकाले १ लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको मेलौलीले ७५ हजार नदगसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी सोमवार तृतीय स्थानको खेलमा सुर्नया गाउँपालिकाले सिगास गाउँपालिकालाई ३–० को सोजो सेटमा पराजित गरेको थियो ।

तृतीय स्थान हासिल गरेको सुर्नयाले ३५ हजार र सान्त्वना स्थान हासिल गरेको सिगासले १५ हजार रुपैयामा चित्त बुझाएको छ ।

मनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा गत बिहीवारदेखि सुरु भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा बैतडीमा ९ स्थानीय तहको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply