सोम, जेष्ठ २५, २०८३

भारत सेमिफाइनलमा, अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने


काठमाडौं । समूह ‘ए’ को अन्तिम खेलमा न्युजिल्यान्डविरद्ध ४४ रनको जित निकालेसँगै भारतले आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने भएको छ ।

सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईस्थ्ति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले प्रस्तुत गरेको २५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले ४५.३ ओभरमा सबै विकेट गुमाएर २०५ रनमात्र बनाउन सक्यो ।

यो जितसँगै भारत समूहको विजेताबन्दा न्युजिल्यान्ड समूहको उपविजेता बनेको हो ।

न्युजिल्यान्डका केन विलियम्सनले ८१ रन बनाए पनि टिमको हार टार्न सकेनन् ।

यसबाहेक, कप्तान मिचेल स्यान्टनरले २८, ओपनर विल योङले २२, डार्यल मिचेलले १७ र टम लाथमले १४ रन थपे ।

भारतका वरुण चक्रवर्तीले पाँच विकेट लिए । कुलदीप यादवले दुई विकेट लिँदा हार्दीक पन्ड्या, अक्षर पटेल र रविन्द्र जडेजाको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४९ रनको योगफल खडा गरेको थियो ।

भारतका श्रेयस ऐयरले ७९ रन बनाएका थिए ।

हार्दीक पन्ड्याले ४५, अक्षर पटेलले ४२ र केएल राहुलले २३ रन थपे ।

न्युजिल्यान्डका म्याट ह्यारीले पाँच विकेट लिएका थिए ।

यसबाहेक, काइल ज्यामिसन, विल ओ‘राउर्के, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान एक विकेट लिए ।

प्रतियोगिताको सेमिफाइनलमा अब भारतले अस्ट्रेलियासँग खेल्दा न्युजिल्यान्डले भने समूह ‘बी’ को विजेता दक्षिण अफ्रिकाविरुद्ध खेल्ने तय भएको छ ।

प्रतियोगिताको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुनेछ ।

सम्बन्धित समाचार

Leave a Reply