कञ्चनपुर, फागुन १० आउँदो शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
कञ्चनपुर जिल्ला क्रिकेट संघले शुक्रबार अर्थात १६ फागुनदेखि कञ्चनपुरको महेन्द्रनगरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको हो ।
कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले क्रिकेटको बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगितामा शिक्षा, बैंकर, व्यसायिक एव फाईनासियल संघ संस्थाका टिम मात्रै सहभागि हुनेछन ।
हालसम्म झण्डै २०टिम सम्पर्कमा आएका छन । १७ हजार रुपैया टिम दर्ताका लागि निर्धाण गरिएको छ । विजेता टिमलाई ८८ हजार, ८८८, उपविजेतालाई ४४ हजार, ४४४नगद सहित ट्रफि प्रमाण पत्र वितरण गरिनेछ।
म्याद अफ दी सिरिज ५ हजार ५५५, वेष्ट ब्याट्मेन ३ हजार, ३३३,बेष्ट बलर ३ हजार ३३३ र सर्वाधिक छक्का हान्नेलाई २ हजार २२२रुपैया पुरस्कार प्रदान गरिनेछ ।
कञ्चनपुर क्रिकेटको उर्बराभूमि भएकाले थप क्रिकेटको बृद्धि विकासदेखि खेलकुद पर्यटन प्रर्बद्धन गरिनेछ ।

