आइत, अशोज ४, २०८३

कञ्चनपुरको सरस्वती र लक्ष्मीका हेडसरद्वय थापा र पाण्डेय मावि द्वितीय श्रेणीमा बढुवा


कञ्चनपुर । कञ्चनपुरका दुई युवा शिक्षक माध्यामिक तह द्वितीय श्रेणीमा बढुवा भएका छन । माध्यामिक तृतिय श्रेणीका शिक्षकद्वय जनक बहादुर थापा र अनिल पाण्डेय द्वितीय श्रेणीमा बढुवा भएका हुन । गत बर्ष ०८२मा शिक्षक सेवा आयोगले मावि द्वितीय श्रेणीमा बढुवाका लागि लिएको आन्तरिक खुला प्रतिस्पर्धामा थापा र पाण्डेय बढुवा भएको शिक्षक सेवा आयोगले जनाएको छ ।

३असोज(शनिबार) संविधान दिवसकै दिन शिक्षक सेवा आयोगले नतिजा प्रकासित गरेको छ । माध्यामिक तह, द्वितीय र प्रथम श्रेणीमा खुला प्रतिस्पर्धाबाट बढुवा हुने बिरलै शिक्षक हुने र कडा प्रतिस्पर्धाका विच उनीहरुले मावि तह द्वितीय श्रेणी(सेकेन क्लास)मा बढुवा हुन सफल भएका छन ।समाजिक विषयका शिक्षक जनक बहादुर थापा बेलडाँडीको सरस्वती मावि झर्नासागरका प्रद्यानाध्यापक हुन ।

झण्डै दुई दशकदेखि शिक्षण पेशमा रहेका थापाले ०६५सालमा प्राथमिक राहतबाट शिक्षण यात्रा शुरुवात गरेका थिए । ०७१मा प्रावि स्थायी, ०७२मा मावि वैकल्पिक र ०७३मा मावि तृतिय श्रेणी स्थायी पदमा नाम निकालेका थिए । उतिबेला मध्यपश्चिमबाट माविमा नाम निकालेका शिक्षक थापाले आफैले अध्ययन गरेको मोहनपुर भुर्षाको गणेश माविको प्राद्यानाध्यापकको जिम्मेबारी सम्हालेका थिए ।

त्यसपछि ०८२देखि सरस्वती मावि झर्नासागरको प्रद्यानाध्यापकको जिम्मेबारीमा छन । दशकपछि मावि सेकेन क्लासमा बढुवा भएका थापा बेलडाँडी गाँउपालिका भरीमा विद्यालय मध्ये मावि सेकेन क्लासका पहिलो एक्ला शिक्षकको ईतिहास कायम गरेका छन । उकालीओरालीका विच बेलडाँडीकै स्थानीय समेत रहेका थापाले शिक्षण पेशमा श्रृङखलाबद्ध रुपमा प्रगतिपथमा लम्किए ।

झण्डै दुई दशक बढि समयदेखि शिक्षण पेशमा रहेका शिक्षक अनिल पाण्डेय ०६५सालमा गाँउकै शान्ति मावि अशुबर्माबस्तीबाट निजी स्रोतबाट शिक्षक पेश शुरु गरेका थिए । त्यसपछि पुर्नवासको बाल रुपान्तरण, एजी बोडिङ्ग स्कुलमा दुई÷दुई बर्ष शिक्षण गरेका थिए । शिक्षण पेशामा भविष्य नदेखेका पाण्डेयले दुई बर्ष स्टेशनरी व्यवसाय गरे । यस विचमा ०६९मा प्रावि अस्थायी, ०७१मा मावि राहत , अस्थायीमा वैकल्पिक नाम निकालेका पाण्डेले ०७२मा मावि तृतिय श्रेणीमा नाम निकालेका थिए ।

बेलौरीको पुरानो लक्ष्मी मावि जबदियाका प्रद्यानाध्यापक समेत रहेका पाण्डेले दशकमै मावि सेकेन क्लासमा नाम निकाल्न सफल भए । बेलौरी भरिका अन्य मावि विद्यालयमा सेकेन क्लासका शिक्षक भएपनि पाण्डे आन्तरिक खुलामा बढुवा हुने पहिलो शिक्षककै रुपमा देखिएका छन । कक्षा ६देखि १०सम्म आफ्नै अध्ययन गरेको विद्यालयमा हेडसरको जिम्मेबारीमा रहेका पाण्डेयले अर्को सफलता मिलेको छ ।

पुर्नवासका स्थानीय समेत रहेका पाण्डेयले शिक्षण यात्रामा अनेकन आरोह,अवसरका विच उनले पनि आफुलाई सफलताको उचाईमा पु¥याएका छन । मावि सेकेन क्लासमा बढुवा भएका शिक्षकद्वय थापा र पाण्डेयले शिक्षण पेशाका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि थप कटिबद्ध भएर खटिने प्रतिबद्धता जाहेर गरेका छन ।

सम्बन्धित समाचार