कञ्चनपुर, भदौँ २७ सर्पको टोकाईले घाईते भएकी कञ्चनपुर महेन्द्रनगरकी एक महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । भीमदत्त नगरपालिका १०सुकासाल महेन्द्रनगरकी ३३ बर्षिया संगिता बडूको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
सर्पले हातमा टोकेपछि उपचारका लागि घर परिवारले शुक्रबार ५ भदौँ ०८३मा महाकाली प्रादेशिक अस्पताल पु¥याएका थिए । आकस्मिक कक्षबाट आईसियु भेन्टिलेटरमा राखेको २१दिनमा संगिताले ज्यान गुमाएपछि घर परिवारमा बज्रपात मच्चिएको छ । उपचारकै क्रममा शुक्रबार २६ राती ८ः५५तिर मृत्यु भएको घरपरिवारले जनाएका छन ।
समयमै अस्पताल पुगेकी संगिताको शुरुवाती चरणदेखि मृत्युसम्मै उपचारमा लार्पबाही गरिएको भन्दै पीडित पक्षले दावि गरेको छ । पीडित पक्षले समयमै आकस्मिक कक्षमा उपचारका लागि संगितालाई पु¥याएपनि त्यहाँ डियुटीमा खटिएका मेडिकल अधिकृत सन्तोषी चौधरीको टिमले उपचारमा चरम लार्पबाही गरेको आरोप लगाएका हुन ।
संगिताको मृत्यु भएपछि अस्पताल व्यवस्थापन समिति र प्रशासनसंगै पीडित पक्षले घटनालाई गम्भिरतापुर्वक नलिएको, उपचार गर्न ढिलाई गरेको, घाईतेको शरिरमा अप्ठेरो भएपछि मात्रै उपचार गरेको, आवश्यक सूचना एव परामर्स नदिएको, रिर्फर गर्न पनि आनाकानी गरेको गुनासो पोखेका थिए । मृतक संगिताकी आमा मञ्जुदेवी बडूले छोरीको ज्यान जानीजानी दिएको बेदना पोखेकी छिन ।
उनले डाक्टर सन्तोष चौधरीका कारण कलिलै उमेरमा जेठी छोरी गुमाएको दुखेसो पोखिन । ‘छोरीलाई उपचारका लागि आकस्मिक कक्षमा ल्याएका थियौँ, ‘उनले भनिन, ‘शुरुवाती चरणदेखि लार्पबाही गरियो, अनि मेडिकल अधिकृत सन्तोष चौधरीले अनकलमा रहेका विशेषज्ञ डाक्टरलाई पनि बोलाईदिएनन् ।’ डाक्टरकै लार्पबाहीकै कारण कलिलै उमेरमा छोरी गुमाउनु परेको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेकी छिन ।
अस्पतालले संगिताको यही कारणले मृत्यु भएको भन्ने बारे सार्वजनिक गरेको छैन । पीडित पक्षसंगको छलफलमा महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य प्रशान्त भट्टले उपचारकै सिलसिलामा बिरामीको ज्यान जाने विषय उसैपनि दुखत भएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीदेखि अवउपान्त यस्ता घटना नदोरिन समितिले आवश्यक पहल गर्ने बताए ।
उनले पीडित पक्षको मर्म भावना अनुरुप हरपलमा सहयोगको बाचा समेत गरेका छन । मृतक पक्षबाट आरोप लगाएका मेडिकल अधिकृत सन्तोष चौधरीले आफुले आफ्नो कर्तव्य निर्वाह गरेको दावि गरेका छन । उनले आकस्मिक कक्षमा आउने हरेक बिरामी, घाईतेको उपचारदेखिका रिर्फर सबै प्रकृयागत हुने भएकाले आफुले कर्तव्य निर्वाह गरेको आफुभन्दा सिनियर डाक्टर टेक नारायण श्रेष्ठलाई समेत बिरामीको अवस्थाबारे पटक पटक जानकारी गराएको बताए ।
महाकाली अस्पतालले घटनाको छानबिन हुने जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले पीडित पक्षबाट निवेदन आए घटनाको निष्पक्ष छानबिनका लागि समिति बनाउन प्रशासनसग अनुरोध गर्ने बताए ।
‘घटनाको सत्यतथ्य छानबिन हुन्छ, यदी उपचारमा डाक्टरदेखि स्वास्थ्यकर्मीबाट लार्पबाही भए स्वयम कार्बाहीको भागिदार हुन्छन, ‘उनले भने, ‘पीडितले न्याय पाउँछन, अस्पताल भनेको बिरामी निको पार्ने थलो हो, यहाँ बिरामीको स्वास्थ्यमाथि कसैले पनि खेलवार्ड गर्न पाउँदैन, पाईए, कार्बाही हुन्छ ।
पीडित पक्षले मानविय रुपमा हुने त्रृटीलाई स्वीकार गर्न सकिने र गल्तीको महसुस गर्न उपचारमा संलग्न चिकित्सक एव स्वास्थ्यकर्मीसंग आग्रह गर्दै न्यायका लागि कानुनकै ढोकासम्म पुग्ने चेतावनी दिएका छन । यस अघि सर्पको टोकाईबाट उपचारपछि घर फर्किएका र अहिले संगिताको मृत्यु भएपछि नागरिकले समेत के कसरी घटना भएको भन्दै चिन्ता व्यक्त गर्न लागेका छन ।

