शुक्र, भदौ २६, २०८३

राष्ट्रिय विपत्तीमा एलबिएको साथ भोटेकोशीत्रिशुली वाढीपीडितको राहत लागि आठ लाख २५ हजार सहयोग


कञ्चनपुर, १७ भदौँ गत १० भदौँ (बुधबार)कोटेकोशी, सिसिभीत्रिशुली नदीमा आएको विनाशकारी वाढीबाट पीडित भएका नागरिकको राहतका लागि कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयले आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले भोटेकोशी, त्रिशुलीका वाढीपीडितको राहत, उद्दारका लागि आर्थिक सहयोग गरेको हो ।

बुधबार एलबिएले आठ लाख २५ हजार आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ । एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले राष्ट्रिय विपद्तीका बेला विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थीबाट संकलन गरिएको रकम वाढीपीडित नागरिकको राहत, उद्दारका लागि रकम सहयोग गरेको बताए ।

उनका अनुसार विद्यालयबाट तीन लाख, ५३ हजार, ८रुपैया, शिक्षक, कर्मचारीबाट दुई लाख, ४४ हजार, ७सय ६२, विद्यार्थीबाट दुई लाख, २७हजार, २सय ४०रुपैया आर्थिक सहयोग गरेको छ । विद्यार्थीले खाजा खर्च घटाएर वाढीपीडितका लागि सहयोग गरेका छन । प्रिन्सिपल मौनीले बुधबारै सात लाख ५० हजार प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा रकम जम्मा गरेको बताए ।

साथै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन)मा ५० हजार र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल(हिसान)मा २५ हजार जम्मा गरिएको छ । एनप्याब्सन र हिसानले पनि देशभर संकलन गरेर सरकारलाई नै उक्त रकम बुझाउनेछ । यसैविच साता अघि विद्यालयका संस्थापक समेत रहेका प्रिन्सिपल मौनीले व्यक्तिगत तर्फबाट यस अघि एकलाख आर्थिक सहयोग गरेका थिए ।

लिटिल बुद्ध एकेडेमी(एलबिए)ले गत विगतका बर्षहरुमा समेत विपद्का बेला यसरी नै विद्यालयदेखि शिक्षक, कर्मचारी विद्यार्थीबाट सक्दो आर्थिक, भौतिक सहयोग गर्दै आएको थियो । एलबिएका प्रिन्सिपल मौनीले यस्तो राष्ट्रिय महाविपत्ती, संकटका बेला व्यक्तिगतदेखि संस्थागत रुपमा सहयोगका हातहरु अघि बढाउँदै गहिरो घाउमा मलम लगाउने प्रयास गरिएको बताए । यसरी निजी स्तरबाट संचालित विद्यालयबाट ठुलो रकम आर्थिक सहयोग गरिएपछि विद्यालयको समाजिक रुपमा समेत प्रसंसा भईरहेको छ ।

सम्बन्धित समाचार