कञ्चनपुर, भदौँ १८ गरिब देश नेपालको सत्रु भ्रष्टाचार नै हो । तर, कर्मचारी भ्रष्टाचार जितिरहेका छन । रोक्नुको साटो सुशासनको लक्ष्य बोकेको सरकारलाई चुनौती दिएर खुलेयाम खाईरहेका आरोप होईन तथ्याङ्क हो । अख्तियारकै तथ्याङ्क अनुसार पनि भ्रष्टाचारमा कर्मचारी लिप्त रहेका छन ।
अख्तियारले कागेश्वरी मनोहरा नगरपालिका भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख ईन्जिनियर दिपा कार्कीलाई ६४ हजार घुस सहित पक्राउ गरेको छ । ईन्जिनियर कार्कीले सेवाग्राहीबाट स्टक्चर एनालाईसिस काम स्वीकृत गरे बाफत घुस मागेकी थिईन ।
यस्तै अख्तियारले पर्यटन विकास रौटहतका तत्तकालिन निमित्त प्रमुख राजेश काफ्ले सहित पाँच जना बिरुद्ध मुद्दा, सडक डिभिजन कार्यालय दाङका तत्कालिन प्रमुख ईन्जिनियर राम पुकार जयवाल,म्याङ गाँउपालिका नुवाकोटका सुचना अधिकृत बिरेन्द्र तामाङ्ग,भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सर्लाहीका प्रमुख अनुपमा ढकाल, नापी कार्यालयका नवलपरासीका सर्वेक्षक विन्देश्वर शाह, डिभिजन वन कार्यालय वन अभिकृत भुवन पौडेल,झापा गौरीगुन्ज १का वडा सचिव अजय कुमार शाह,लमजुङका निमित्त शिक्षा अधिकारी होमनाथ न्यौपाने, आन्तरिक राजस्व कार्यालय सिराहका कर अधिकृत युवराज पाल,औरही नगरपालिका महोत्तरीका नित्तिम प्रमुख निलाम्बर मिश्र, भैरवाह तत्कालीन मालपोत अधिकृत कुमार आचार्य, नासुहरु लक्ष्मण प्रसाद न्यौपाने र अजित कुमार साहनी (चाई), खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराज कान्त मिश्र सहितका कर्मचारी बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
कर्मचारी घुस खान गएका हुन की जनताको काम गर्न भन्दै नागरिकले प्रशन गरेर कर्मचारी भ्रष्टाचारमा लिप्त भएपछि जनता समेत हैरान भएका छन ।

