शुक्र, जेष्ठ २२, २०८३

सीमावर्ती गाँउ रिङौनामा वडा स्तरिय भलिबल प्रतियोगिता जारी


कञ्चनपुर, फागुन ६ सोमबारदेखि कञ्चनपुरको सीमावर्ती रिङौना खेलकुद मैदानमा शुरु भएको वडा स्तरिय भलिबल प्रतियोगितामा विभिन्न लिग चरणका प्रतियोगिता भएका छन ।

भीमदत्त नगरपालिका ९ रिङौना खेलकुद सम्र्बद्धन तथा सरक्षण समितिले पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

रिङौना खेलकुद सम्र्बद्धन तथा सरक्षण समितिका सदस्य समेत रहेका समाजसेवी स्व. नरेन्द्र रावतको स्मृतिमा भईरहेको प्रतियोगितामा विभिन्न लिग चरणका भएका छन ।

प्रतियोगितामा१०टिमको सहभागिता रहेको छ । रिङौना खेलकुद सम्र्बद्धन तथा सरक्षण समितिका अध्यक्ष मान सिह रावतले ग्रामिण भेगको खेलकुद प्रर्बद्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार, द्वितियलाई २६ हजार, तृतियलाई १५ हजार नगद सहित प्रमाण पत्र वितरण गरिनेछ ।

लिग चरणमा खेलकुद खेलाईनेछ । लिग चरण अन्र्तरगत मंगलबार सम्पन्न भएका प्रतियोगितामा भीनपा १, ९(बि), ११, १०(बि), ९(ए) र १०(ए)ले जित शुरुवात गरेका छन । १ले १८लाई, ९(बि)ले १७लाई, ११ले १७लाई, १०(बि)लाई ५ले वाक ओभर, ९(ए)ले १६ र १०(ए)ले १०(बि)लाई पराजित गरेको थियो ।

राष्ट्रिय रेफ्री दौलतसिह पुजारा, प्रदेशका रेफ्रि हिमाल विष्ट, नविन गिरी र निप विक रहेका छन । प्रतियोगिताकोसुप प्रदेशका पुर्वमन्त्री प्रकास रावलले उद्घाटन गर्दै ग्रामिण भेगमा हुने यस्ता प्रतियोगिताबाट खेलकुद बृद्धि विकास हुने बताए ।

सम्बन्धित समाचार

Leave a Reply