कञ्चनपुर, १६असार कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । बुधबार १९औँ नगर अधिवेशन बाट आगामी आर्थिक बर्षका लागि लागि नीति, कार्यक्रम तथा बजेट ल्याएकोे हो । जिल्लाकै पहिलो नगरपालिका भीमदत्तले आर्थिक बर्ष ०८३÷०८४का लागि दुई अर्ब १३ करोड, २५ लाख, ७६ हजार बराबरको बजेट ल्याएको छ ।
चालु आर्थिक बर्ष ०८२÷०८३मा एक अर्ब, ९३ करोड, ८३लाख, २३ हजार, ३१९ रुपैयाको बजेट ल्याएको थियो । अधिल्लो आर्थिक बर्षभन्दा आउँदो आर्थिक बर्षमा १९करोड, ४२लाख, ५२ हजार, ७८१ रुपैया बराबरको बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षका लागि आन्तरिक आय ३६करोड प्रक्षेपण गरिएको छ । वित्तिय समानीकरण अनुदान तर्फ २४ करोड, २४लाख, राजस्व बाँडफाँड १७करोड, ८८लाख, ३७ हजार, सशर्त अनुदान तर्फ ५६करोड, ४०लाख, विशेष अनुदान तर्फ ७४लाख, सुप प्रदेश सरकार वित्तिय समानीकरण दुई करोड, ४२लाख, ५९लाख, सशर्त अनुदान तर्फ ११करोड, ३५लाख, राजस्व बाँडफाँड ६५लाख, ८०हजार, सडक बोर्ड नेपाल तर्फ ७०लाख, समाजिक सुरक्षा तर्फ ५८करोड, नगद मौज्दात चार करोड, समपुरक ३०लाख प्रक्षेपण गरिएको छ ।
चालु खर्च तर्फ ३०करोड,८२लाख, ८९हजार, तीनसय, वडा कार्यालय चालु तर्फ ६९करोड, ८२लाख, ५सय, अधुरो योजनाका लागि तीन करोड, ३२लख, २८हजार, दुई, नगर क्षेत्रका ग्राभिलका लागि एक करोड, विभिन्न कोषहरुका लागि चार करोड, १५लाख विनियोजन गरिएको छ ।राजस्व बाँडफाँटा तर्फ चालु खर्चमा ८४करोड, ७८लाख, ७५०, नगरपालिका चालु खर्च तीन करोड, ८०लाख, विषयगत शाखा तर्फ दुई करोड, अन्य म्याचिङका लागि एक करोड, पुजिगत योजनाका लागि १०करोड, ६३लाख, १९हजार, नगर क्षेत्रका सबै सडक ग्राभेलका लागि १करोड, ३२लाख, ४१हजार र अधुरो योजनाका लागि ५३लाख, ५८हजार २५०रुपैया विनियोजन गरिएको छ ।
यस्तै पुजिगत वित्तिय समानीकरण तर्फ १४करोड, ६३लाख, ४ हजार, ३१रुपैया, विषयत शाखा कार्यक्रम दुई करोड, ६२लाख, ९हजार ४५०, नगर सफाईमा प्रयोग हुने साधनमा ईन्धन ५०लाख, मर्मत ३१लाख, ७२ हजार, ५५०, अधुरो योजनाका लागि १४लाख, ३०हजार ९६९, पुँजीगत म्याचिङफन्ड ६करोड, ८५लाख, ४२ हजार, सशर्त अनुदान तर्फ खर्च ६७करोड, ७५लाख, विशेष अनुदान तर्फ एक करोड, ३०लाख, समाजिक सुरक्षा ५८करोड, सडक बोर्ड ७०लाख, समपुरक ३०९लाख अनुदान गरिएको छ ।
भीमदत्त नगरका मेयर पदम बोगटीले नीति, कार्यक्तम तथा बजेट प्रस्तुत गर्दै मेयर अन द स्पट कार्यक्रम थप प्रभावकारी बनाउने, गरिबसंग उपप्रमुख कार्यक्रम , अन्तरिक राजस्व संकलन प्रणाली सुदृढ, करका क्षेत्र विस्तार, निःशुल्क शव बहान तथा चिस्यान विस्तार, विशालु सर्पहरुको उद्दार, सुशासन, सेवा विस्तार कृषि विकास, शिक्षा, खेलकुद विकास स्वास्थ्य सेवा विस्तार, लैङिक विस्तार, वन वातावरण सुधार , पर्यटन विकास, पूर्वाधार सहितका विवित विकासका कार्यक्रम अघि बढाईएका छन ।
उपप्रमुख निलम लेखकले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्दै गरिबसंग उपप्रमुख कार्यक्रम प्रभावकारी बनाउने सकल्प सहित चालु आर्थिक बर्षमा १२ मुद्दा मध्ये ८छफ्यौट १÷१अदालत र मुल्तवी र २ प्रकृयामा रहेका छन । नगर सभामा महाकाली बहुप्राविधकि शिक्षा स्थापना, संचालन ऐन ०७८ संशोधन, जलवायु अनुकुलन कार्यविधी, उच्च शिक्षा अध्ययन छात्रबृति कार्यविधी ०७९ संशोधन, श्रम डेस्क संचालन कार्यविधी, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधी, छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रबृति, भवन अभिलेखिकरण, मेयर अन द स्पट कार्यक्रम संबोधन, आर्थिक विधेयक, विनियोजन विधेयक, भलमन्सा तथा बडघर संचालन कार्यबिधी ०८३ प्रस्तुत गरिएका छन ।
विभिन्न विषयत समितिले प्रगति प्रतिवेदन प्रंस्तुत गरेका छन । आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट नगर सभा सदस्यहरुलाई अध्ययन सहित केही संशोधन भए गरेर पारित गरिने जनाएको छ ।

