नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ तोलामा दुई हजार नाै सय रुपैयाँले बढेको हो।
यससँगै आजका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार सात सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १५५ रुपैयाँले वृद्धि भई प्रतितोला पाँच हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।

