शुक्र, जेष्ठ २२, २०८३

चुनाव जित्ने कञ्चनपुरका नेकपा, काँग्रेस, रास्वपा एमालेको दावि


कञ्चनपुर फागुन १८आशन्न २१फागुन बुधबार हुन प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्नो दलले दावि गर्ने जनाएका छन । यस पटकको निर्वाचनमा समेत चार राजनैतिक दलले चुनाव जित्ने दावि गरिरहेका छन । पुराना दल सहित बैकल्पिक शक्ति रास्वपा समेतले गत विगतका कामकाज योजना, अहिले जनताको रुझानलाई लिएर दलहरुले आ–आफ्नो पाटी जित्ने दावि गरिरहेका छन ।

राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका सभापति पदम बहादुर विष्टले जिल्लाका तीनै क्षेत्रका उम्मेदवार त्रय जनक सिह धामी, दिपकराज बोहरा र ज्ञानेन्द्र सिह महता सहित जनताको घर आगँनमा पुगिरहेको बताए । सभापति विष्टले देश बनाउने सकल्प लिएर मतदाता सहित जनताको घरदैलोमा लगिरहेको बताए ।

रास्वपा कञ्चनपुरका सभापति पदम विष्ट, हाम्रो विगतमा जनताले अन्य पाटीलाई मत दिए, जनताको अपेक्षा अनुरुप काम गरेनन्, रास्वपाले नयाँ सोच विचार अघि बढेको छ । अन्य दलले जनतालाई बोट बैंक बनाए तर, हामीले जनतालाई झुटा आश्वासन दिदैनौँ, यस पटक रास्वपालाई अपनाउन आग्रह गर्दैछौँ, गरेको पनि देआउँछौँ । जनलहर हाम्रो पक्षमा छ, यही हो हाम्रो जित्ने आधार हुन ।

नेकपा एमालेका उपाध्यक्ष जनकराज अवस्थीले वडा सम्र्पक कार्यालय, वडा भेला, टोल टोल, सम्पर्क कार्यालय उद्घाटन गरेर निर्वाचन प्रचारप्रसार समिति विस्तार उम्मेदवार सहित पं्रतिबद्धता जाहेर तिव्र पारेको बताए । हाम्रा उम्मेदवार तारालामा तामाङ्ग, बचन बहादुर सिह र डा. दीपक प्रकास भट्ट चुनावी मैदानमा होमिएका छन ।

उपाध्यक्ष अवस्थीले विगतमा एमालेले गरेका कामकाजदेखि संगठन पनि बलियो, चुस्त दुरुस्त भएकाले पाटीले यस पटक पनि जनताले हामीलाई विश्वास गर्नेवाला छन । नेपाली कम्युनिष्ट पाटी(नेकपा)का जिल्ला संयोजक खेमराज पाण्डेयले जिल्लाका तीनै निर्वाचन क्षेत्रमा जिम्मेबारी बाडफाँड गरेर नेता कार्यकर्ताहरु खटिएको बताए ।

उनका अनु्सार बीना मगर, माधव प्रशाद पन्त र मान बहादुर सुनार उम्मेदवार सहित नेता कार्यकर्ताहरु सुशासन दीगो विकासको एजेण्डा लिएर घरदैलोमा पुगिरहेको बताए ।

पाटीले अघि सारेका एजेण्डामै सिङ्गो मुलुक अघि बढीरहेको छ, हामीले अघि सारेका एजेण्डा सबै वर्ग समुदायका हितमा छन, सुशासन दिगो विकासका लागि पाटी सरकारमा जाँदा गरेका लोकप्रिय कामले समेत जनतामा नेकपा आशा पाएको हाम्रो जित त्यही भएर सुनिश्चित भयो ।

काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले जिल्ला, क्षेत्र, पालिका, वडा, बुथ स्तरमा प्रचारप्रसार समिति गठनदेखि सम्पर्क कार्यालय संचालनमा आएको बताए ।

उनका अनुसार क्रमस गोपी प्रशाद उपाध्याय, एनपी साउद र हरि प्रशाद बोहरा निरन्तर जनताको घरदैलोमा खटिएका छन । काँग्रेसले ०४८देखि ०७९सम्म जित्नै आएको जिल्ला हो, जितेका नेताहरुले सरकारमा गएपछि जनअपेक्षा अनुरुप काम गरेका छन, काँग्रेसले प्रचारभन्दा पनि काममा विश्वास गर्छ, त्यही अनुरुप हामीहरु फिल्डमा बलिया छौँ, जनताले समेत हामीप्रति विश्वास गरेका छन । पञ्चायतकालनमा राप्रपा कब्जामा रहेको कञ्चनपुर त्यसपछि काँग्रेस, एमाले, माअ‍ोवादी कब्जामा रहेको थियो ।

सम्बन्धित समाचार