काठमाडौं, पुष ७ विभिन्न राजनैतिक दल पाटी परित्याग गरेका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन । सोमबार कञ्चनपुरको झलारीमा नेकपाको जिल्ला एकता सन्देश सभामा नेकपाली काँग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा नाउपा छाडेर नेकपामा प्रवेस गरेका छन ।
नेकपा कञ्चनपुरका युवा नेता माधव पन्तले काँग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा नाउपा छाडेर नेकपामा प्रवेस गरेको बताए ।
नेकपा युवा नेता पन्तका अनुसार एमाले शुक्लाफाँटाका नेता एव कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष देवदत्त भट्ट, नारद सुनार, कृष्ण सेरालो, भवानी जोशी, गोपाल दत्त भट्ट, अम्मर बहादुर कार्की, तारा नाथ, दुर्गादत्त भट्ट, दाने सुनार जसिराम टमाटा, खन्डे धानी, जरिराम पन्त, रतनराम पार्की, धौले धामी, लोकेन्द्र तिरुवा, जमुना खडरिया, हरि प्रशाद पन्त, नेपाली काँग्रेस सुरेशराज पन्त, विशाल चुनारा, कमल प्रशाद उपाध्याय, भुवन बोहरा, खडक बोहरा, चन्द्र प्रशाद जोशी, योगराज विष्ट, रास्वपा भोजरानज जोशी, राम बहादुर साउद, कालुराम चौधरी नाउपा, रमेश सिह राप्रपा, जेनजी युवा पुस्ता दिपेन्द्र लुहार, करन लुहार, चन्द्र पार्की, कृष्ण टमाटा, प्रकास लुहार, दिपक लुहार, नविन चुनारा, भुवन साउद, दशरथ लुहार, हरिराम लुहार, रहेका छन ।
सयौँ युवाहरु विभिन्न दल परित्यागदेखि स्वतन्त्र युवाहरु प्रवेस गरेको जनाएको छ । उनीहरुलाई नेकपा नेताहरु डा. भीम बहादुर रावल, खगराज भट्ट, भानुभक्त जोशी सहितका नेताहरुले पाटी प्रवेस गराउँदै उचित जिम्मेबारी दिनुपर्ने बताएका छन ।

