गणेश जोशी कञ्चनपुर धनगढीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय टि-२० च्याम्पियनसिप क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ।
आज सम्पन्न फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जित्योउपाधिसंगै अत्तरियाले १० लाख पुरस्कार पायाे । डडेल्धुराले ५ लाखमा चित्त बुझायाे।
जितको लगि पाएकाे १ सय १९ रनको लक्ष्य डडेल्धुरा ८४ रनमा समेटियाे।डडेल्धुराका गजेन्द्र बाेहराले २४,कुशल भुर्तेलले २०,अशाेक धामीले १० रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।बलिङमा अत्तरियाका शाहव आलमले ३,दिपेश कडेलले ३,कमल गुप्ता र विवेक यादवले २/२ विकेट लिए।
यसअघि फाप्ला क्रिकेट मैदानमा टसजितेर पहिला ब्याटिङ गरेकाे अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो।जसमा रासिद खानले ३१, कप्तान सन्तोष कार्की र शंकर रानाले समान २० रन बनाए ।
बलिङमा अभिषेक गौतमले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र अभिषेक चौहानले १/१ विकेट लिंदा दुई खेलाडी रन आउट भए।नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ८ टाेली सहभागी थिए।

