बिहि, साउन २१, २०८३

बजेटको अभावले महेन्द्रनगर ईकोपार्क अधुरै



इशु नेगी,महेन्द्रनगर, २५ कात्तिक । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित ईकोपार्क निर्माणमा बजेट अभावका कारण अलपत्र अवस्थामा परेको छ् ।

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर सालघारीमा रहेको ईको पार्क निर्माणमा बजेट अभाव भएको हो । बजेट अभावले महेन्द्नगर ईगो पार्क अधुरै रहेको भीमदत्त नगरपालिकाले जनाएको छ् । निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न गरिसक्नुपर्ने भएतापनि म्याद सकिएको २ वर्ष पाँच महिना वितिसक्दा पनि निर्माण कार्य पुरा भएको छैन् ।

२०७८ साल असार १६ गते काम शुरु भएर २०० साल ३ महिना १५ गते सम्पन्न भइसक्नु पर्ने उक्त ईकोपार्क बजेटकै अभावका कारणले २०२ कार्तिक मसान्तसम्मा पनि पुरा हुन सकेको छैन् । भीमदत्त नगरपालिकाको तथ्याङ्क अनुसार नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भीमदत्त नगरपालिकाको साझेदारीमा निमार्ण भईरहेको ईकोपार्कका लागि अनुमानित रकम ७ करोड रुपैँया बजेट रहेको थियो । जसमध्ये मन्त्रालयको ४ करोड ५० लाख रुपैँया र पालिकाको २ करोड ५० लाख रुपैँया बजेट थियो । ईकोपार्क वाउण्ड्री वाल घेरबार गरी फुटपाथ निमार्ण र बोरिङ् कार्य सम्पन्न हुने, स्वास्थ्य तथा पर्यटन पक्षमा विकसित हुनुका साथै सहज तथा सहयोग पुर्याउने, वातावरण तथा हरियाली संरक्षणमा सहयोग हुने गरी आयोजना गरिएको उक्त ईकोपार्कको हालसम्मको भौतिक प्रगति १५ प्रतिशत मात्र सम्पन्न भएको छ् । निर्माण कार्य पुरा नहुँदा ईकोपार्क कुरुप बन्दै गएको छ् भने, ईकोपार्कबाट उक्त क्षेत्रका स्थानीयहरु दैनिकी जसो आफ्नो गाई, भँैसीहरुको लागि घाँस काट्ेर लाग्ने गरेको छन् ।


पालिकाको विविध शिर्षकमा लाखै खर्च

यता भने भीमदत्त नगरपालिकाले विभिन्न शिर्षकमा १ अर्व भन्दा बढी रुपैँया खर्च गरेको छ् । आर्थिक वर्ष २०१÷०२ मा नगरपालिकाले १ अर्व ५६ करोड ६९ लाख २५ हजार ५ सय रुपैँयाबाट १ अर्व ३३ करोड ५५ लाख ४३ हजार २ सय ९१ रुपैँया ५२ पैसा खर्च गरेको हो । पालिकाको तथ्याङ्कका अनुसार सवारी साधन मर्मत शिर्षकमा २५ लाख रुपैँया खर्च गरिएको छ् भने, इन्धन (कार्यालय प्रयोजन) का लागि छुट्याएको ५ लाख ९७ हजार रुपैँयाबाट ८५ लाख ९६ हजार ८३ रुपैँया खर्च गरिएको छ् । पालिकाको सवारी साधनको १० लाख बजेटबाट ९९ लाख ९३ हजार ४ सय ६७ रुपैँया खर्च भएको तथ्याङ्कले देखाएको छ् भने, औषधी खरिदमा ४५ लाख ६६ हजार ९ सय २६ रुपैँया खर्च गरिएको छ् ।

उक्त नगरपालिकाको सिचाईँ संरचनाका लागि छ्ट्याएको १ करोड ३५ लाख ८१ हजार ५ सय ६३ रुपैँयाबाट १ करोड २६ लाख २३ हजार ७ सय ४ रुपैँया सिचाईँ संरचनामा खर्च गरिएको पालिकाबाट प्राप्त तथ्याङ्कले देखाएको छ् । त्यसैगरी नगरपालिकाको चालु तर्फको १ अर्व ९ करोड ९२ लाख ४४ हजार ८ सय ४१ रुपैँयाबाट ९४ करोड ६७ लाख ५६ हजार ७ सय ५३ रुपैँया खर्च गरिएको छ् भने, पूजीँगत तर्फको ४५ करोड ७६ लाख ८० हजार ६ सय ५ रुपैँयाबाट ३७ करोड ७ लाख ८६ हजार ५ सय ३ रुपैँया खर्च भएको छ् । पालिकाको तथ्याङ्कका अनुसार वित्तिय तर्फको १ करोड रुपैँयाबाट ९९ लाख ९९ हजार ९ सय ९९ रुपैँया खर्च भएको तथ्याङ्कले देखाएको छ् । २०१÷०२ सालमा नगरपालिकाको प्रस्तावित आय १ अर्व ५६ करोड ७१ लाख १६ हजार ५ सय रुपैँया रहेको थियो भने, १ अर्व ४९ करोड ८ लाख ४ हजार ५ सय ६२ रुपैँया वास्तविक आय भएको हो ।

नगरपालिकाको संघिय सरकारबाट प्रस्तावित आय ८० करोड ६६ लाख ५ हजार ५ सय रुपैँया रहेको थियो भने, ७२ करोड ९ लाख ६० हजार २ सय ७३ रुपैँया वास्तविक आय भएको हो । तथ्याङ्कका अनुसार प्रदेश सरकारबाट प्रस्तावित आय १० करोड ६७ लाख ३३ हजार रुपैँया रहेको थियो भने, ९ करोड ५६ लाख ५९ हजार १ सय ६ रुपैँया वास्तविक आय रहेको छ् । त्यसैगरी राजस्व वाडँफाडँबाट ३४ करोड ८१ लाख ६१ हजार ७ सय ६३ रुपैँया प्रस्तावित आय रहेको थियो भने, ३१ करोड ५४ लाख ३३ हजार ४ सय ८८ रुपैया १५ पैसा वास्तविक आय भएको हो ।


२००÷१ सालमा उक्त नगरपालिकाको १ अर्व ३३ करोड ९ लाख २५ हजार ८ सय २ रुपैँयाबाट १ अर्व १९ करोड ७३ लाख ८३ हजार ४ सय ६० रुपैँया खर्च भएको छ् । पालिकाको उक्त बजेटबाट चालु तर्फको रकम ९४ करोड ५१ लाख १२ हजार ३ सय ७२ रुपैँयाबाट ८५ करोड २१ लाख ४१ हजार ८ सय ११ रुपैँया खर्च भएको छ् भने, पूजीँगत तर्फबाट ३ करोड ३८ लाख १३ हजार ४ सय ३० रुपैँयाबाट ३३ करोड ५२ लाख ४४ हजार ६ सय ७ रुपैँया खर्च भएको पालिकाको तथ्याङ्कले देखाएको छ् । उक्त तथ्याङ्कका अनुसार पालिकाको वित्तिय तर्फको १ करोड रुपैँयाबाट ९९ लाख ९७ हजार ४० रुपैँया खर्च भएको छ् ।

त्यसैगरी सिचाईँ संरचना निमार्ण ६३ लाख ६७ हजार ४ सय ६८ रुपैँया खर्च भएको छ् भने, कर्मचारीको बैठक भत्तामा १३ लाख ९७ हजार ७ सय ९० रुपैँया खर्च भएको तथ्याङ्कले देखाएको छ् । २००÷१ सालमा भीमदत्त नगरपालिकाको प्रस्तावित आय १ अर्व ३३ करोड ९ लाख २५ हजार ८ सय २ रुपैँया रहेको थियो भने, १ अर्व ३१ करोड २५ लाख ८९ हजार ८ सय ६९ रुपैँया वास्तविक आय भएको हो । संघिय सरकारबाट नगरपालिकाको ७ करोड ८८ लाख ६ हजार प्रस्तावित आयबाट ७१ करोड ६५ लाख ४ हजार ४ सय ४ रुपैँया वास्तविक आय रहेको थियो भने, प्रदेश सरकारबाट प्रस्तावित आय ४ करोड ३५ लाख ६६ हजार रुपैँयाबाट ४ करोड ४ लाख ६६ हजार ६ सय ३३ रुपैँया वास्तविक आय भएको तथ्याङ्कले देखाएको छ् । पालिकाको तथ्याङ्कका अनुसार राजस्व वाडँफाडँबाट २ करोड ४४ लाख १५ हजार प्रस्तावित आयबाट २१ करोड ६ लाख ९७ हजार ५ सय ९० रुपैँया वास्तविक आय भएको छ् भने, अन्तरिक श्रोतबाट पालिकाको प्रस्तावित आय २१ करोड ८५ लाख ५ हजार ८ सय २ रुपैँयाबाट ३३ करोड ३७ लाख ४४ हजार ४४ रुपैँया वास्तविक आय भएको होे । प्राप्त तथ्याङ्कका अनुसार कार्यक्रम शिर्षक खर्चमा ८ करोड ५० लाख ७९ हजार ९ सय ५५ रुपैँया खर्च गरिएकोे छ् भने, सभा सञ्चालनमा ५ लाख ५० हजार रुपैँया खर्च भएको पालिकाको तथ्याङ्कले देखाएको छ् ।


त्यसैगरी २०७९÷८० सालमा पालिकाको १ अर्व ३९ करोड ८८ लाख ७६ हजार रुपैँयाबाट १ अर्व १५ करोड २१ लाख २ हजार १ सय २१ रुपैँया खर्च भएको छ् । उक्त बजेटबाट नगरपालिकाको चालु तर्फको ८६ करोड ३५ लाख ३३ हजार २ सय ७५ रुपैँयाबाट ७६ करोड ६७ लाख ३९ हजार १ सय ९७ रुपैँया खर्च भएको छ् भने, पूजीँगत तर्फको रकम ५० करोड ६ लाख ४२ हजार ७ सय २५ रुपैँयाबाट ३७ करोड ७ लाख ४० हजार ९ सय ६५ रुपैँया खर्च भएको पालिकाकाबाट प्राप्त तथ्याङ्कले देखाएको छ् । वित्तिय तर्फको २ करोड ८५ लाख रुपैँयाबाट ६७ लाख १ हजार ९ सय ५ रुपैँया खर्चको भएकोे छ् । कर्मचारी तालिम शिर्षकको ९ लाख ७० हजार रुपैँयाबाट ५ लाख ६ हजार ३ सय ७९ रुपैँया खर्च भएको छ् । सभा सञ्चालन खर्चको ५ लाख बजेटबाट ३ लाख ४ हजार रुपैँया खर्च गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ् । २०७९÷८० सालमा भीमदत्त नगरपालिकाको प्रस्तावित रकम १ अर्व ३९ करोड ३ लाख ७६ हजार रहेको थियो भने, १ अर्व ३६ करोड ४४ लाख ७७ हजार २ सय ३ रुपैँया वास्तविक आय भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ् । संघिय सरकारबाट प्रस्तावित रकम ५ करोड ५९ लाख ७५ हजार रुपैँयाबाट ७७ करोड ७९ लाख २१ हजार ३५ रुपैँया वास्तविक आय भएको थियो । प्रदेश सरकारबाट २ करोड ५७ लाख ९६ हजार प्रस्तावित आयबाट २ करोड ४९ लाख ६० हजार २९ रुपैँया वास्तविक आय भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ् ।

उक्त तथ्याङ्कका अनुसार राजस्व वाडँफाडँबाट २७ करोड ६६ लाख ५ हजार प्रस्तावित आयबाट २० करोड ८७ लाख ३ हजार १ सय ७५ रुपैँया वास्तविक आय भएको थियो भने, अन्तरिक श्रोतबाट २२ करोड प्रस्तावित आयबाट ३४ करोड २० लाख ९ हजार २ सय ११ रुपैँया वास्तविक आय, जनसहभागिताबाट प्रस्तावित २ करोड आयबाट १ करोड ७ लाख ६ हजार ७ सय ८६ रुपैँया वास्तविक आय भएको हो ।
त्यसैगरी २०७÷७९ सालमा नगरपालिकाको वार्षिक बजेट १ अर्व ३१ करोड ३७ लाख ५९ हजार ५ सय ५ रुपैँयाबाट १ अर्व १० करोड २४ लाख १६ हजार ३ सय ५ रुपैँया खर्च भएको छ् । उक्त बजेटबाट चालु तर्फको १ करोड ३१ लाख १२ हजार ३ सय ८० रुपैँयाबाट ७० करोड ४६ लाख ४२ हजार ८ सय २१ रुपैँया खर्च भएको छ् भने, पूजीँगत तर्फको ४ करोड ९६ लाख ४७ हजार १ सय २५ रुपैँयाबाट ३८ करोड ६९ लाख २३ हजार ५ सय ५३ रुपैँया खर्च गरिएको छ् । पालिकाको वित्तिय तर्फको १ करोड १० लाख बजेटबाट १ करोड ८ लाख ४९ हजार ९ सय ४ रुपैँया खर्च गरिएको नगरपालिकाको तथ्याङ्कले बताएको छ् ।

उक्त बजेटबाट पदाधिकारी अन्य सुविधा खर्चका लागि छुट्याएको १ करोड ६६ लाख रुपैँयाबाट १ करोड ४७ लाख ७ हजार १ सय ८३ रुपैँया खर्च भएको छ् भने, पदाधिकारीको इन्धन खर्च ६० लाखबाट ५५ लाख ५४ हजार १ सय २५ रुपैँया खर्च गरिएको तथ्याङ्कले देखाएको छ् । तथ्याङ्कका अनुसार विविध कार्यक्रम शिर्षकको ४६ लाख ७३ हजार ५ सय ९० रुपैँयाबाट ३४ लाख २० हजार ७ सय ८ रुपैँया खर्च गरिएको छ् ।

२०७८÷७९ सालमा भीमदत्त नगरपालिकाको प्रस्तावित आय १ अर्व २९ करोड ८४ लाख २९ हजार ५ सय ५ रुपैँया थियो भने, १ अर्व ३० करोड २६ लाख ८० हजार ८ सय ६९ रुपैँया वास्तविक आय भएको थियो । संघिय सरकारबाट नगरपालिकाको ७ करोड ४ लाख ७६ हजार प्रस्तावित आय थियो भने, ७४ करोड ४६ लाख ७४ हजार ६ सय ४५ रुपैँया वास्तविक आय भएको हो । त्यसैगरी प्रदेश सरकारबाट नगरपालिकाको ४ करोड २ लाख ० हजार प्रस्तावित आयबाट ३ करोड २७ लाख ७ हजार २ सय ६१ रुपैँया वास्तविक आय, राजस्व वाडँफाडँबाट २३ करोड ६३ लाख १६ हजार १ सय ४५ रुपैँया प्रस्तावित आयबाट २५ करोड १४ लाख २२ हजार ७ सय ७३ रुपैँया वास्तविक आय, अन्तरिक श्रोतबात प्रस्तावित आय २२ करोड १३ लाख ५७ हजार ३ सय ५९ रुपैँयाबाट २५ करोड ७६ लाख ७ हजार ४ सय ८४ रुपैँया वास्तविक आय भएको थियो भने, जनसहभागिताबाट प्रस्तावित आय २ करोडबाट १ करोड ६५ लाख ६ हजार ७ सय ५ रुपैँया वास्तविक आय भएको तथ्याङ्कले उल्लेख गरेको छ् ।

सम्बन्धित समाचार