आइत, जेष्ठ २४, २०८३

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि सहयोग गर्न अपिल


लक्ष्मण नेगी कञ्चनपुर, २१ कार्तिक नेपाल पत्रकार महासंघ कञ्चनपुरले जिल्ला अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि सक्दो आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

लामो समयदेखि उपचारार्थ पत्रकार महासंघ जिल्ला अध्यक्ष धामीको उपचारका लागि महासंघले सक्दो आर्थिक सहयोगको अपिल गरेको हो ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेयले अध्यक्ष धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि सरकारी, गैर सरकारीदेखि स्वदेश तथा विदेशमा रहेका आम नेपालीमा आब्हान गरिएको बताए ।

सचिव पाण्डेयले जिल्लाका स्थानीय सरकार सहितका समाजिक क्षेत्रमा कार्यरत सबैमा आब्हान गरिएको बताए । समाजिक सञ्जालमा ब्युआर, बंैंक खातामा रकम जम्मा गरिदिन अपिल गरिएको छ । यसैविच भीमदत्त नगरपालिकाले पत्रकार सुरेश सिह धामीको उपचारका लागि ५०हजार रुपैया दिने भएको छ ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि भीमदत्त नगरपालिकाले उपचार खर्च दिने भएको हो । भीमदत्त नगरका मेयर पदम बोगटीका सचिवालय प्रमुख चक्र महताले महासघका अध्यक्ष धामीको उपचारका लागि पालिका तर्फबाट उपचार खर्च उपलब्ध गराउने निर्णय भएको बताए ।

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारार्थ छन । धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ ।

एमाले निकट प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीको उपचारका लागि जिल्लाकै जेठो पालिकाले आर्थिक सहयोग गर्ने निर्णय अनुरुप खातामै रकम जम्मा गर्ने जनाएको छ ।

अपिटुटे दैनिक, अपिनम्पा साप्ताहितका संचालक समेत रहेका पत्रकार धामी दुई दशकदेखि पत्रकारितामा सकृय छन । भीमदत्त नगरका मेयर पदम बोगटीले जनतालाई सुचनाका हक अधिकारका लागि अहोरात्र खटिने पत्रकारलाई उपचार गर्न अभाव भएपछि पालिकाले अभिभाविकीय रुपमा भूमिका निर्वाह गरेको बताए ।

काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका मेयर बोगटीले समाजका लागि निःस्वार्थ भएर खटिने पत्रकार उपचारका लागि सहयोग गरेका छन । नेपाल पत्रकार महासघ, प्रेस यूनियन, प्रेस सेन्टर र प्रेस चौतारी सहितका पत्रकार संघ संगठनहरुले धामीको उपचारार्थ सहयोगका लागि जिल्लाका पालिका सरकार सहित स्वदेश तथा विदेशमा रहेका आम नेपाली महानुभावहरुलाई सक्दो उपचार सहयोगका लागि अपिल गरेका छन ।

सम्बन्धित समाचार