बुध, बैशाख २३, २०८३

बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा शुरु


बैतडी । दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि वार्षिक जात्रा सुरु भएको छ। कार्तिक शुक्ल अष्टमी र नवमीका दिन लाग्ने जात्रामा राँगा तथा बोकाको बलि दिने प्रचलन रहेको छ।

स्थानीयहरूले अष्टमीको दिनको जात्रालाई ‘नानी जात’ भन्छन्।बिज्ञापनत्रिपुरासुन्दरी भगवती मन्दिर १४औँ शताब्दीदेखि पूजाआजा हुँदै आएको मानिन्छ। भारतीय दर्शनार्थीहरूको पनि उल्लेख्य सहभागिता हुने यो जात्राले सीमा क्षेत्रका नागरिकबीच सद्भाव बढाउने काम गरेको धार्मिक विज्ञहरू बताउँछन्।

मन्दिर सेवा समितिले जात्रा व्यवस्थित गर्न आसपासको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ भने अहोरात्र बस्ने बाहिरी दर्शनार्थीको सुविधा सुनिश्चित गरिएको छ। जनविश्वास अनुसार यहाँको दर्शनले मनोकामना पूर्ण हुने विश्वास छ।

सम्बन्धित समाचार