आइत, असार ७, २०८३

काँग्रेस बैतडीका सभापति चन्दद्वारा उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग


कञ्चनपुर, असोज १३ नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले संविधान दिवसका दिन दिएको आफ्ना भनाइलाई तोडमोड गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

असोज ३ गते गोठलापानीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले झण्डै आधा घण्टा आफ्नो विचार राखेका थिए । तर, त्यसको आधा मिनेट मात्र काँटछाँट गरी सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि आफू पीडित भएको उनको भनाइ छ ।

चन्दका अनुसार कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, संविधानको रक्षा र युवाको संलग्नता आवश्यकताबारे धारणा राख्दा भ्रष्टाचारको छानबिन र कारवाही अनिवार्य रहेको पनि जोड दिएका थिए । साथै, २०४७ सालयता उच्च पदस्थ व्यक्तिहरूको सम्पत्तिको छानबिन हुनुपर्ने माग उनले अघि सारेका थिए ।

तर, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएको जलेको नोट र त्यसबारे आएको विज्ञप्ति प्रसंगमा बोलेको केही अंशलाई तोडमोड गरी ‘गाउँ गाउँमा गएर पुष्टि गरौँ, सामाजिक सञ्जालले झुटा हो’ भन्ने खालको भ्रामक सन्देश फैलाइएको उनले स्पष्ट पारेका छन् ।

झण्डै आधा घण्टाको अभिव्यक्तिलाई आधा मिनेटको छोटो भिडियो बनाएर विपरीत अर्थ लाग्ने गरी प्रचार गर्नु अन्याय हो । म भ्रष्टाचारविरुद्ध अडिग छु, त्यसको पक्षपोषण गर्ने मेरो कुनै मनसाय छैन,” चन्दले भनेका छन् ।

सम्बन्धित समाचार