आइत, जेष्ठ २४, २०८३

कञ्चनपुरमा प्रहरी र थुनुवाका लागि निःशुल्क स्वास्थ्य शिविर


कञ्चनपुर कञ्चनपुरमा प्रहरी र थुनुवाको स्वास्थ्य चेकजाँच गरिएको छ । शनिबार प्रहरी र थुनुवाको स्वास्थ्य शिविर गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीको आयोजनामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी र थुनुवाको स्वाथ्य परीक्षण गरिएको जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी गणेश बहादुर चन्दले उद्घाटन गर्दै नागरिकको सुरक्षाका लागि प्रहरीलाई स्वथ्य हुन जरुरी देखिएकाले शिबिर संचालन गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले १२० प्रहरी र ५९ थुनुवाको स्वाथ्य परीक्षण गरिएको बताए ।

एसपी जोशीका अनुसार पछिल्ला दिनहरुमा प्रहरीको स्वास्थ्य शारिरिक र मानसिक रुपमा स्वस्थ्य राख्नका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बताए ।

निःशुल्क स्वास्थ्य शिविर पाएपछि प्रहरी र थुनुवा हर्षित भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply