विकास सिह महता, कञ्चनपुर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बिहीबारदेखि शुक्लाफाँटा नगर खेलकुद समितिको आयोजनामा बैजनाथ मावि कसरौलको प्राङगणमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्तमका विच शुक्लाफाँटा नगरका प्रमुख रण बहादुर महराले उद्घाटन गरेका छन । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख महराले प्रतियोगिताले नगरको खेलकुद बृद्धि विकासमा योगदान पुगेको बताए ।
स्थानीय सरकारले खेलकुदका लागि थप योजना अघि सारेर खेल क्षेत्रको विकास गर्र्दै खेलाडी प्रोत्साहन गर्ने बताए ।
शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले तीनदिनसम्म संचालन हुने प्रतियोगिताका विजेता खेलाडी, टिमलाई पुरस्कार प्रदानका साथै जिल्ला स्तरका लागि छनौट गरिने बताए ।
प्रमुख प्रशासकीय अधिकृत विष्टले प्रतियोगिताबाट विद्यार्थी खेलकुदप्रति थप उत्साहित हुने बताए ।
शुक्लाफाँटा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र प्रशाद भट्टले ६ निजी सहित १९ विद्यालयका विद्यार्थीविच विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गराईने बताए ।
नगर स्तरको छनौट प्रतियोगिता १९माघसम्म संचालन हुनेछ । शुक्लाफाँटा नगर खेलकुद समितिका अध्यक्ष चक्र बहादुर साउदको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा जनप्रतिनिधी, विद्यार्थी, शिक्षक सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।
आगामी फागुनमा शुक्लाफाँटा नगरमै जिल्ला स्तरको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएपछि यस बर्ष शुक्लाफाँटा नगरमा खेलकुद महोत्सव जस्तै भएको छ ।


