कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र खेलमय संगै एक पछि अर्को चौथो द फोर्स कप खुल्ला फुटबल प्रतियोगिता २०८१ उद्धघाटन भएको छ।
मंगलबार एक कार्यक्रमको आयोजना गर्दै न्यू बिरेन्द्र युवा क्लब पुनर्वास नगरपालिका वडा नं. १ वीर बलभद्रबस्ती कञ्चनपुरको आयोजनामा चौथो द फोर्स कप खुल्ला फुटबल प्रतियोगिता २०८१ एक कार्यक्रमका बिच उद्धघाटन भएको हो।
कान्छा लामा तामाङ सभापति , वडा न १ का अध्यक्ष मोहन लाल रानाको प्रमुख अतिथिमा खुल्ला पुरुष फुटबलको उद्धघाटन गर्नु भएको थियो। गोर्खा रेजिमेन्ट र न्यू बिरेन्द्र युवा क्लब बिच भएको उद्धघाटन मैत्रीपूर्ण खेलमा न्यू बुरेन्द्र युवा क्लब ले २-० गोलको अन्तरले गोर्खा रेजिमेन्ट क्लब लाई हराउदै जित निकालेको कोषाध्यक्ष जित बहादुर तामाङले बताएका छन्।
प्रतियोगिता सञ्चालनको लागि आर्थिक पार्ट मुख्य रहेको र यसलाई समापन गर्न सहयोगी दाताको मुख्य हात रहेको कोषाध्यक्ष तामाङको बनाई रहेको छ।२ लाख २२ हजार २ सय २२ र १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफी प्रमाणपत्र मेडल हात पार्ने छन।
प्रतियोगिताको उत्कृष्ट विभिन्न विधाका खेलाडी लाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका सचिव मोन्चा तामाङले बताएको छ। प्रतियोगिताका खेलहरु माघ १८ गते देखि सुरु हुने छन्।

