आइत, जेष्ठ २४, २०८३

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्दै


गणेश जोशी कञ्चनपुर धनगढीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब खेल्दैछन् ।आज खेल बिहान १० बजे शुरू हुनेछ ।

हिजो सम्पन्न सुपर फोरको अन्तिम खेलमा बाग्मती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिम फाइनलमा पुगेको हो ।त्यसअघि हिजै भएको सुपर फोरको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको हो । यही माघ १ गतेदेखि शुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५–२५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

Leave a Reply