आइत, जेष्ठ २४, २०८३

डडेल्धुराको परशुराममा मेयर उपमेयरकप प्रतियोगिता माघ १८ देखि सुरु हुने


कञ्चनपुर ।डडेल्धुराको परशुराम नगरपालिकामा माघ १८ गतेदेखि नगरस्तरीय पाँचौं मेयर-उपमेयर कप प्रतियोगिता आयोजना हुने भएको छ।

यस प्रतियोगितामा पुरुष-महिला भलिबल र पुरुष-महिला क्रिकेट खेल समावेश गरिने भएको हो ।पुस २५ गते बसेको नगरकार्यपालिका बैठकले प्रतियोगिताको मिति तय गरेको हो।

प्रतियोगिताको संयोजन सामाजिक विकास समिति संयोजक तथा वडा नं. ९ का वडा अध्यक्ष देवबहादुर बोहराले गर्ने निर्णय भएको छ। यसका लागि पाँच सदस्यीय समिति समेत गठन गरिएको छ।यो प्रतियोगिता स्थानीय खेलकुद विकासका लागि महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

Leave a Reply