बैतडी: प्रधानमन्त्री कप टि-२० महिला राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशकाे प्रारम्भिक टाेली घाेषणा गरिएको छ।सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार प्रतियोगिताका लागि २० जनाकाे प्रारम्भिक टाेली घाेषणा गरिएको हाे।
टाेलीमा पर्ने खेलाडीहरूमा बिन्दु रावल,रितु कनाैजिया,करिश्मा थापा,जानकी थापा,ममता बाेहरा, रविना साउँद,अल्फा श्रेष्ठ,सविना नेगी,रेवती धामी,मञ्जु विष्ट रहेका छन् ।यस्तै शाेभा राेकाया,मनिशा बाेहरा,चेतना कुँवर,जयन्ती भण्डारी,आशिक महरा,रेजिना जागरी, रविना धामी,गिता चन्द,मनिशा खत्री र कविता कुँवर पनि प्रारम्भिक टाेलीमा अटाएका छन्।पुस १९ गतेदेखि २५ गतेसम्म बैतडीमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रारम्भिक टाेलीमा समावेश गरिएको हाे ।
प्रदेशस्तरीय छनाैटमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडी च्याम्पियन बनेको थियोे ।प्रारम्भिक टाेलीकाे आजदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा बन्द प्रशिक्षण सुरू भएकाे र बन्द प्रशिक्षणमा राम्रो प्रदर्शनका आधारमा अन्तिम टाेली सार्वजनिक गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे।राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।


