शनि, जेष्ठ २३, २०८३

बेलडाँडीमा भोलि देखि१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने


कञ्चनपुर पुस २३ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा भोलि बुधवार देखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू हुने भएको छ ।

१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम बिहान १० बजे रौलेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा हुने तय गरिएको छ ।

गाउँपालिकाले आयोजना गरेको यो प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागीता जनाउनेछन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी लगायतका खेलहरू समावेश हुनेछन् ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकाससँगै खेलकुद प्रतिभालाई प्रोत्साहन गर्नु रहेको छ । गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाका अनुसार, खेलकुदका माध्यमबाट युवाहरूलाई सकारात्मक क्रियाकलापतर्फ उन्मुख गराउन यो प्रतियोगिता आयोजना गरिने बताए ।प्रतियोगिता २४ गतेदेखि २६ गते तिन दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका विजेताहरूलाई मेडल, ट्रफी, प्रमाणपत्रसहित प्रोत्साहन राशी प्रदान गरिनेछ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय स्तरमा सहभागी गराउने अवसरसमेत प्रदान गरिने जनाइएको छ।

बेलडाँडी गाउँपालिकाका स्थानीय बासिन्दाहरूले पनि यो प्रतियोगितालाई उत्साहका साथ स्वागत गरेका छन् । खेलकुदले युवापुस्तालाई सक्रिय राख्ने र सामाजिक सद्भाव बढाउने विश्वासमा यो कार्यक्रमले विशेष महत्त्व राख्ने उनीको बुझाई रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply