कञ्चपुर, पुष २२ कञ्चनपुरको दोधाराचाँदनी नगरस्तरिय फुटबल प्रतियोगिता ०८१को उपाधी मण्डली युवा क्लबलाई पाईएको छ ।
कमलसा युवा क्लबले दोधाराचाँदनी ६ नम्बर वडासंगको सहकार्यमा आयोजना गरेको नगरस्तरिय फुटबल प्रतियोगिता ०८१को उपाधी मण्डली युवा क्लबलाई पाईएको हो ।
उप विजेता महाकाली क्लब भएको छ । निर्धारित समय तालिका अनुसार बराबरी भएपछि पेनाल्टी सुटमा मण्डली युवा क्बले महाकाली युवा क्लबलाई २–१ले पराजित गरेको यिथयो । दोधाराचाँदनी ६ खेल मैदानमा १५ पुषदेखि शुरु भएको प्रतियोगिता २१ पुषमा समापन भएको छ ।
विजेता मण्डली क्लबलाई नगद ३१ हजार र उप विजेता महाकाली क्लबलाई नगद २१ हजार सहित ट्रफि मेडल प्रदान गरिएको छ । उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार वितरण गरिएको छ । विजेता टिमलाई पुरस्कार वितरण गर्दै दोधाराचाँदनी नगरका प्रमुख किशोर कुमार लिम्बुले खेलकुदको बृद्धि विकासका लागि पालिकाबाट समेत आवश्यक योजना ल्याएर कार्यान्वयन गर्ने बताए ।
दोधाराचाँदनी नगरपालिका ६का वडाध्यक्ष ओम बस्नेतले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताको सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले गरेका थिए ।

