शनि, जेष्ठ २३, २०८३

लालझाडी राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता ः भानु मावि प्रथम


कञ्चनपुर कञ्चनपुरको लालझाडी गाउँपालिकामा छैटौँ गाउँपालिका स्तरीय तथा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको आयोजना श्री स्वतन्त्र मावि पर्सियाले गरेको लालझाडी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रानाले बताउनुभयो ।

उक्त रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यालयका छात्रछात्राहरूले लङजम्प, ट्रिपलजम्प, कबड्डी, भलिबल, कराँते, तेक्वान्डो र अन्य एथलेटिक्स खेलहरूमा भाग लिँदै उत्कृष्ट प्रदर्शन गरेको उहाँको भनाइ छ ।

क्ष्ःन्)द्दण्द्दछण्ज्ञण्छ)ज्ञडद्धढज्ञढ(ज्ञठघटण्डद्दठण्घ।वउनप्रतियोगिताको पदक तालिकामा श्री भानु मावि कञ्जले २१ स्वर्ण, १४ रजत र १६ कांस्य पदकसहित ५१ पदक जित्दै समग्रतर्फ प्रथम स्थान हासिल गरेको छ । श्री सरस्वती मावि छोटी पर्सियाले १४ स्वर्ण, ६ रजत र ९ कांस्य पदकसहित २९ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रह्यो ।

त्यस्तै, श्री शारदा मावि नौरङ्गाले ८ स्वर्ण, ५ रजत र ७ कांस्य पदकसहित २० पदक हासिल गरी तेस्रो स्थान प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको आयोजक विद्यालय श्री स्वतन्त्र माविले उत्कृष्ट व्यवस्थापन मात्र नगरेर प्रतिस्पर्धात्मक रूपमा पनि आफ्नो उपस्थिति दरिलो बनायो । विद्यालयले १ स्वर्ण, ४ रजत र ३ कांस्य पदकसहित ८ पदक हासिल गरेको छ ।

यसले आयोजकको जिम्मेवारी र प्रतिस्पर्धात्मक क्षमतालाई समान रूपमा उजागर गरेको छ । कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र शारीरिक तन्दुरुस्तीको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको प्रथम स्थान हासिल गर्न सफल भानु माविका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले बताउनुभयो ।

विद्यार्थीहरूले सामूहिक भावना, सहकार्य र प्रतिस्पर्धात्मक क्षमतामा आफूलाई उभ्याएका थिए । यसले खेलकुदप्रतिको रुचि र जोसलाई थप प्रोत्साहन दिएको उहाँको भनाइ छ । प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदलाई प्रवर्द्धन गर्न मात्र नभई विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण मञ्चको भूमिका खेलेको द्वितीय स्थान हासिल गर्न सफल सरस्वती मावि छोटी पर्सियाका प्रधानाध्यापक तारामणि न्यौपानेको भनाइ छ ।समापन समारोहमा विजयी विद्यालयहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसका साथै, प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः रु १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको आयोजक स्वतन्त्र माविका प्रधानाध्यापक जगन्नाथ भट्टले बताउनु भयो । समापन समारोहमा प्रमुख अतिथिको रूपमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना उपस्थित हुनुहुन्थ्यो।

उहाँले प्रतियोगितामा सहभागी भएका सबै विद्यालय र विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा पुर्‍याउने योगदानको प्रशंसा गर्नुभयो ।

सम्बन्धित समाचार

Leave a Reply