कञ्चनपुर, पुष १५ कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा फुटबल प्रतियोगिता शुरु भएको छ ।
कमलसा युवा क्बल र दोधाराचाँदनी ६ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा दोधाराचाँदनी नगर स्थरिय फुटबल प्रंतियोगिता शुरु भएको हो ।
सोमबारदेखि शुरु भएको प्रतियोगितामा मण्डली(बी)ले विजय शुरुवात गरेको छ । मण्डली(बी)ले केआईसिलाई ०–१को गोल प्रहार गरेको थियो ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले ग्रामिण भेगमा हुने फुटबल प्रतियोगिताले थप टेवा पु¥याउने बताए ।
दोधाराचाँदनी ६ नम्बर वडाध्यक्ष ओम बस्नेतले नगरको खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

