बिहि, जेष्ठ २१, २०८३

एक साता देखि निरन्तर महेन्द्रनगर खुल्ला मञ्चको सरसफाईमा लेखक



धन सिंह धामी महेन्द्रनगर ०९ पौष ।
कञ्चनपुरको भिमदत्त–०६ निवासी समाजिक अभियन्ताले समाजिक कार्यलाई निरन्तरता दिएको छ ।
एक साता अघि देखि महेन्द्रनगरको भीमदत्त नगरपालिका–०४ मा रहेको खुल्ला मञ्चमा निरन्तर बिहानको समयमा थानेश्वर लेखकले फोहोर तथा घाँस झाडिफडान कार्यलाई निरन्तरता दिई रहेका छन ।

पछिल्लो समयमा समाजमा भैरहेका भ्रष्ट वेतिथिहरुको विरुद्ध खुलेर विरोध जनाउदै गरेका लेखकले यहि मंसिर १६ गतेको उपनिर्वाचनमा भीमदत्त वडा न–०६ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार लेखकले राजनितिक दलहरुको बिच प्रतिस्पर्धामा उत्रिए पछि पराजय बेहोर्नु परे पनि सोचेको भन्दा बढि मत पाएको बताएका छन भने आगामी दिनमा फेरि स्थानिय निर्वाचिनमा पुनः उठ्ने जानकारी दिनुभयो ।‌

सानै भएपनि राष्ट्र निर्माणमा अहम भुमिका निर्वाह गर्न सबै युवाहरुले एकजुट हुनुपर्छ भन्ने हेतुले आफु समाजिक कार्यमा अग्रसर भएको लेखकले बताउनु भयोे ।
राजनितिक भागबन्डामा रमाएका भ्रष्ट नेताहरुले देशलाई संकटमा पारी सकेको तर्क दिदै युवा शक्ति संगै समाजिक दायित्व निर्वाह गर्न सदैव अग्रसर भएर निरन्तर लाग्ने समाजिक अभियान्ता लेखकको भनाई रहेको छ ।
खुल्ला मञ्चको फोहोर तथा झाडी सरसफाई गर्ने क्रममा नशालु बस्तु सिसि,सुई र दारुको बोतलहरु धेरै मात्रामा भेटाएको बताएका छन भने यसमा सम्बन्धित निकायले तत्काल गम्भीर भएर लाग्नु पर्ने लेखकको धारणा रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply