कञ्चनपुर,कार्तिक २८। कञ्चनपुर जिल्लामा यस बर्ष समयमै मल खरिद गर्ने प्रक्रिया सुरु भएको छ । गत बर्ष सरकारले समयमा मल नल्याउँदा चाहिने बेलामा किसानले मल पाउँदैनन् थिए, तर यस बर्ष सरकारले समयमै मल ल्याउँदा खरिद बिक्रि गर्ने प्रक्रिया समयमै सुरु भएको कञ्चनपुर कृषि सामाग्री लिमिटेडका शाखा प्रमुख सुन्दर केशीले बताएका छन् ।
उनका अनुसार, यहि सावन देखि कञ्चनपुरमा युरिया २ हजार ३ सय ९६ मेट्रिकटन , डिएपी १ हजार २ सय ४२ मेट्रिकटन, पोटास २५ मेट्रिकटन गरि टोटल ३ हजार ६ सय ६३ मेट्रिकटन मल आएको हो ।
त्यसमा उक्त कार्यालयले हाल वितरणमा युरिया १ हजार ७ सय ८८ मेट्रिकटन,डिएपी ५ सय १७ मेट्रिकटन , पोटास १ मेट्रिकटन गरि टोटल २ हजार ३ सय ६ मेट्रिकटन कञ्चनपुर भरिका नौ वटै पलिकाले सहकारीसंग सहकार्य गरे वाफत १ सय ४८ सहकारीलाई ५० के.जीको एक कट्टा युरियालाई ९ सय ४४, डिएपीलाई २ हजार ३ सय ९४,पोटासलाई १ हजार ७ सय ९४ को दरले बिक्रि वितरण गरेको बताए ।
उनले भने,“ गत आर्थिक वर्ष २०८०/८१ मा युरिया ४ हजार ६ सय २० मेट्रिकटन, डिएपी ३ हजार २ सय ३७ मेट्रिकटन,पोटास १ सय ७८ मेट्रिकटन गरि टोटल ८ हजार ३५.४ मेट्रिकटन आएको थियो ।
त्यस मध्य वितरणमा युरिया ३ हजार ६ सय ८० मेट्रिकटन, डिएपी २ हजार ८ सय ९२ मेट्रिकटन, पोटास १ सय ६२. ४ मेट्रिकटन गरि टोटल ६ हजार ७ सय ३४.४ मेट्रिकटन वितरण भएको थियो । जसमा समयमै मल वितरण हुन नसक्दा १ हजार ३ सय १.४ मेट्रिकटन मल गोदाममा थन्किएर रहेको थियो । ”
सरकारले समयमा मल नल्याउँदा चाहिने बेलामा किसानले मल पाउँदैनन् थिए । तर यस वर्ष भने सरकारले समयमै मल वितरण गरेपछि किसानले समयमै मल पाएको भीमदत्त नगरपालिका १९ का किसान सुनिल रानाले बताएका छन् । गहँु खेति लगाउने समयमै मल पाएपछि किसानहरु हर्षित हुदै खेतवारीमै व्यस्त छन् ।

