आइत, असार ७, २०८३

सिंचाईको पानी सुक्दा सिमसार जमिन खेती योग्य बन्दै


कञ्चनपुर/कार्तिक२७ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं.५ झिलमीलामा सिंचाईको पानि सुक्दा सिमसार जमिन खेती योग्य बन्दै गएको छ  ।

 बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिला २०५२ साल देखि यता यहाँ महाकाली सिचाई नहर निर्माण हुँदा नहरको भूभाग उचाईमा र त्यस क्षेत्रको जमिनको भूभाग गहिराईमा परेपछि महाकाली सिंचाईको पानि र चौधरी  नदीको पानी त्यही खेतमा बहने हुँदा उक्त क्षेत्रको जमिनमा पानी निकास नभए पछि पाँच सय बिघा भन्दा बढि खेती योग्य जमिन सिमसारमा परिणत भएर जमिन बाँझै रहन पुगेको स्थानिय खडक थापाले बताएका हुन् ।

 उक्त क्षेत्रमा गत असारमा आएको भारि वर्षाले महाकाली सिंचाईको नहर फुटेपछि नहरका पानी संचालन नहुँदा उक्त क्षेत्रमा रहेको सिमसार जमिनमा पानी सुक्दै गयो र बेल्डाँडी गाउँपालिकाबाट पनि केही महिना अगाडि उक्त जमीनमा झाडी सफा गरेको हुनाले अहिले सुख्खा भुमि भएकाले किसानहरुले पुर्न खनजोत गरेर अहिले ट्याक्टर समेत चलेको र उक्त क्षेत्रका किसानहरूले ७५ प्रतिशतले गहुँ लगाउने तयारी गरेको बेल्डाँडी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष ईन्द्र बहादुर खड्काले बताएका छन् ।

उनले भने,” महाकाली सिचाँईको नहर फुटेपछि उक्त जमीनमा नहर पानीको आवश्यक नभएको हुनाले अब महाकाली सिंचाई नहरको पानीको वैकल्पिक व्यवस्था कसरी गर्ने भन्ने बारे छलफल गर्ने छौ । “

महाकाली सिंचाईका अध्यक्ष गोपाल कुँवरले महाकाली सिचाई नहरको पानी बेल्डाँडीको झिलमिल हुँदै बैवाहा देखि बेलौरीको शिवनगर सम्मका किसानहरुलाई सिचाई पानीको पूर्ति गर्ने नहर भएकाले उक्त नहरलाई राम्रोसंग मर्मत गरेर मात्र उक्त नहरमा पानी छोड्ने बताएका छन् ।

उनले भने, “उक्त नहर बनाउन बजेटको आभाव भएकोले नहरको मर्मत गर्न प्रदेशका मुख्य मन्त्रीदेखि केन्द्रका अर्थमन्त्रालयसम्म पक्की नहर बनाउने बजेट विनियोजन गर्ने छलफल भएको छ,नहर बनाउन छ महिना भन्दा बढी समय लाग्ने भएकाले नहर नबनुन्जेल उक्त नहरमा पानी नछोड्ने प्रतिबद्धता गर्दै महाकाली सिंचाई नहर पक्की  बनाउनका निमित्त आफ्नो विभागबाट नहरको समस्या समाधानको लागि सक्दो पहल गरेको बताएका छन्।

वर्षौ देखिको सिमसारमा परिणत भएको खेती योग्य बाँझो जमिनमा अहिले जमिन सुख्खा भएर ट्याक्टरले जोत्न सक्ने भएपछि खेती उब्जनी पूर्न हुने आशले त्यहाँका जग्गाधनी मालीक किसानहरु हर्षित भएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply