बिहि, बैशाख २४, २०८३

लालझाडी गाउँपालिकाद्धारा सामाजिक विकास मन्त्रालयलाई १० सैया अस्पताल संचालनका लागि आवश्यक सामग्री सहित स्वास्थ्य दवबन्दी माग


कञ्चनपुर, ३० साउन । कञ्चनपुरको लालझाडी गाउँपालिकाद्धारा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयलाई १० सैया अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री सहित स्वास्थ्य दरबन्दीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

लालझाडी गाउँपालिका उपप्रमुख सपना चौधरी राना नेतृत्वमा धनगढी पुगेको पालिकाको टोलिले बुधवार सामाजिक विकास मन्त्री मेघराज खडकालाई ज्ञापन बझाएको लालझाडी गाउँपालिकाले जनाएको छ । ज्ञापन पत्र बुझाउदै लालझाडी उपप्रमुख चौधरी रानाले वडा नं।३ स्थित १० सैया भवन बनेर हस्तान्त्रण समेत भइसकेकाले तुरुन्त संचालन गरिदिन मेसिनरी, औजार, औषधीका साथै आवश्यक दरबन्दी समेत व्यवस्थापन गरिदिन आग्रह गरेकी छिन् ।

टोली संगै लालझाडी गाउँपालिकाका समाजसेवी तथा एमाले युवा नेता अम्मर राना सहित गएका थिए । रानाका अनुसार लालझाडी भौगोलिक हिसावले विकट रहेकाले सबै भन्दा पहिला स्वास्थ्य जस्तो सम्वेदनशील कुरामा गम्भीर भएर सहयोग गरिदिन आग्रह गर्नु भयो । भवन हस्तान्त्रणको समेत धेरै समय भइसकेकाले तुरुन्त दरबन्दी थप गरिदिन अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार

Leave a Reply