रमेश कार्की/ बझाङ
बझाङको बुङगल नगरपालिका अन्तर्गत तेस्रो मेयर कप कार्तिक ७ गतेबाट सुरु हुने भएको छ । उक्त मेयर कपमा प्रथम पुरुस्कार ८१ हजार ,द्वितीय पुरस्कार ५० हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पनि व्यवस्था गरिने बुङगल नगरपालिका खेलकुद समितिका अध्यक्ष सेर बहादुर कुँवर ज्यूले जानकारी दिएका छन। प्रथम परुस्कार र द्वितीय पुरुस्कारमा २५ प्रतिशत कर काटिने छैन । २०८१ सालको मेयर कप वडा न. १ दहबगरमा सञ्चालन गरिने भएको छ ।
२०७९ साल देखि सुरु गर्न थालिएको बुङगल मेयर कप चुस्तदुस्त रुपमा आज सम्म पनि चलिरहेको छ । सो मेयर कपले गर्दा बझाङको बुङगलबाट पनि अब्बल दर्जाका क्रिकेट खेलाडीहरु उत्पादन भइरहेका छन् भन्ने जानकारी समितिका अध्यक्षले दिएका हुन् ।

