बिहि, जेष्ठ २१, २०८३

शुक्लाफाँटाको मणिकाधाममा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन


कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाममा भालिबल प्रतियोगिता सुरु भएको छ। मणिकाधाम सेवा समाजले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो। समाजका अध्यक्ष पार्वती जप्रेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरा प्रमुख अतिथि रहेका थिए। मणिकाधाममा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका समस्या रहेको बताउँदै सबै मिलेर समस्या सामाधान गर्नुपर्ने बताए। ‘नगरपालिकाले शिक्षा क्षेत्रमा प्राथमिकता दिदै सुधारका कार्य गरिरहेको छ, तर नगरको नीति नियम अनुसार विद्यालय सञ्चालनमा छैनन्,’ उनले भने, ‘बेलडाँडीको विद्यालयमा शिक्षक भर्ना अहिलेसम्म गरिएको छैन्, त्यहाँ प्रधानाध्यापक बनाउन नगरबाट शिक्षक खटाइएको छ, त्यो पनि गरिएको छैन्, यस विषयमा अभिभावकहरुले पनि चासो दिनु आवश्यक छ।’ यस क्षेत्रको विकास तथा समस्या सामाधानका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनले बताएका छन्। आइतबार प्रतियोगिताको उद्घाटन खेल आयोजक बी र सृजना युवा क्लव बेलडाँडीबीच भएको रेफ्री हिमाल विष्टले बताए। उनका अनुसार पहिलो सेट २५–२६ र दोस्रो सेट २८–२६ अंकका साथ आयोजक बी विजयी भएको छ। भलिबल प्रतियोगितामा ८ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टीमले ३० हजार ८ सय ८१, द्धतीय हुने टीमले १५ हजार ८ सय ८१, तृतीय हुने टीमले ९ हजार ८ सय ८१ रुपैयाँ र सान्तवना पुरस्कार ३ हजार ८ सय ८१ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

Leave a Reply