बिहि, जेष्ठ २१, २०८३

बैतडीको देहिमाण्डौमा भेट्रान भलिबल प्रतियोगिता हुदै, प्रथम पुरुस्कार २५ हजार स्टार बुलेटिनस्टार बुलेटिन


कञ्चनपुर। बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौमा भेट्रान भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ । दशरथचन्द नगरपालिकाको आयोजनामा नगर खेलकुद विकास समितिको वार्षिक कार्यक्रम अनुसार जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगिताको आयोजना गरिन लागिएको हो । प्रतियोगितामा ४० वर्ष उमेर पुगेकाहरुले सहभागिता जनाउन पाउनेछन् । टिम दर्ता कार्तिक ९ गतेसम्म गरिसक्नु पर्नेछ । दर्ता शुल्क २५ सय काम गरिएको छ । प्रतियोगिता १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको प्रथम पुरुस्कार २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दितिय पुरुस्कार १५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्रितीय पुरुस्कार १० हजार तथा सान्त्वना पुरुस्कार नगद नगद ५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई २५ सय नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट सेटर,बेस्ट ब्लकर,बेस्ट सरबर र बेस्ट डिफेन्सरलाई जनही १५ सय नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । जिल्लामै स्थायी बसोबास भएका खेलाडीले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

सम्बन्धित समाचार

Leave a Reply