आइत, साउन २४, २०८३

सञ्चारमन्त्री नआउँदा शिक्षा समिति बैठक अनिश्चित, दुई घण्टादेखि सांसदहरू कुरेको कुर्यै


काठमाडौं।सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ उपस्थित नहुँदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अनिश्चित बनेको छ।मिडिया काउन्सिल विधेयकमा छलफल गर्न २ः३० बजे बोलाइएको बैठक मन्त्रीको पर्खाइमा अझै सुरू हुन सकेको छैन। उपस्थित सांसदहरू पनि उठेर हिँडेका छन्।सभापति अम्मरबहादुर थापाका अनुसार मन्त्रीले आउँछु भनेकाले कुरेर बसेको भए पनि दुई घण्टासम्म आएका छैनन्।

सम्बन्धित समाचार

Leave a Reply