२०८३ कार्तिक ११, बुधवार

सरकारले किसानलाई मल उपब्ध गराउन नसकेपछि वाईसियल एक्सनमा


कञ्चनपुर, साउन ११सरकारले किसानलाई समयमै मलखाद उपलब्ध नगराएपछि प्रमुख विपक्षी दल नेकपा माअ‍ोवादी केन्द्र निकट युवा संगठन एक्सनमा उत्रिएको छ । योङ्ग कम्युनिष्ट लिग(वाईसियल नेपाल)ले किसानलाई समयमै मलखाद उपलब्ध नगराएपछि प्रमुख विपक्षी दल नेकपा माअ‍ोवादी केन्द्र निकट युवा संगठन एक्सनमा उत्रिएको हो । आइतबार वाईसियल कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको वाईसियलले जनाएको छ । वाईसियल कञ्चनपुरका इन्चार्ज तिलक जप्रेलले किसान मलखाद नपाएपछि हैरानदेदिख खेत बाँझो राख्नुपर्ने बाध्यता सृजना भएकाले सरकारले उपलब्ध गराउने रसायनिक मल आपुर्तिका लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको बताए । वाईसियल इन्चार्ज जप्रेलले सरकारले आम किसानलाई समयमै मलखाद नदिने, तर मलमा सहकारीहरुले कालोबजारी गर्ने प्रवृतिले कार्बाहीको माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वाईसियल नेपालले किसानका लागि अघि सारेका मागप्रति प्रशासन गम्भिर भएको बताए ।

सम्बन्धित समाचार

Leave a Reply