२०८३ कार्तिक १०, मंगलवार

एमाले महिला संघ भीमदत्त नगरपालिका १३को अध्यमा मगर


कञ्चनपुर, असोज १२ नेकपा एमाले निकट अखिल नेपाल महिला संघ भीमदत्त नगरपालिका १३को वडाध्यक्षमा लक्ष्मी सिह(मगर) चयन भएकी छिन । शुक्रबार अनेम संघ भीमदत्त नगर १३को वडा कमिटि भेलाले अध्यक्षमा लक्ष्मी सिह(मगर)लाई चयनगरेको हो । उपाध्यक्ष गंगा कार्की साउद,सचिव निर्मला देवी बोहरा,उप सचिव ममता तिरुवा,कोषाध्यक्ष निर्मला धामी कुवर,सदस्यहरु दिव्येश्वरी खडायत,जानकी भट्ट,लक्ष्मी तिरुवा,अनिता भाट,सरस्वती खड्का,लक्ष्मी जोशी,हिरा भट्ट,उत्तरा नाथ,सविता भट्ट,पिंकि ओड,शारदा बिक, मन्जु सिंह,निर्मला परी,जयन्ती धङरा,बिश्ना जोशी र झुपा लुहार रहेका छन । नेकपा एमाले १३ नम्बर वडा कमिटी अध्यक्ष महेश भट्टले श्रमजिवी, देशभक्त, प्रगतिशील वर्गको नेतृत्व नेकपा(एमाले) ले गरिरहेकोले जिम्मेवारीबाट बिचलित नहुन अनुरोध गरेका छन । अनेम संघ कंचनपुर अध्यक्ष चिनी गिरी ले टीका र सचिव गिता ओलि ले सपथ ग्रहण गराउदै महिला दिदीबहिनीहरुको हकअधिकारका पक्ष सदैव वकालत गर्न प्रतिबद्ध रहेको जनाउनु भयो ।पार्टीको नगर कमिटी सचिव खगेन्द्र बिष्टले कार्यक्रममा बोल्दै विकास निर्माण,सुशासन र जनमुखी कामको पक्षमा नेकपा(एमाले)ले निरन्तर आवाज उठाउदै आएको अवगत गराउदै महिला वर्गलाई ढुक्क भएर पार्टी काममा होमिन अनुरोध गरेका छन । विगत ५वर्ष देखि लक्ष्मी सिंह मगर नेकपा(एमाले) पार्टी सदस्य भएर पार्टी काममा सक्रिय छिन । अनेम संघ भी न पा १३कि अध्यक्ष रत्ना बोहराको अध्यक्षता गरिएको कार्यक्रममा चिनी गिरी,भुवन कुँवर,गिता ओलि,बाला देवी नाथ,अमिर तिरुवा,कालू सिंह साउद,खगेन्द्र बिष्ट,महेश भट्ट,हरिष साउद,भानदेव भट्ट,खेम राज पन्त लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply