शुक्र, साउन २२, २०८३

कृष्णपुर २ का भलमन्सालाई भत्ता वितरण


कञ्चनपुर, १८ साउन । कञ्चनपुरको एक वडा कार्यालयले भलमन्सालाई भत्ता वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाले भलमन्सालाई भत्ता वितरण गरेको हो ।कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले वडामा समाजिक काम गरेको भन्दै वडाका भलमन्सालाई भत्ता वितरण गरिएको बताए ।

वडाभरीका १५ टोलका १५ भलन्साहरुको समाजिक विकास योगदानको कदर गर्दै मासिक ५ सय रुपैयाका दरले भत्ता वितरण गरिएको बताए ।‘मैले चुनावका बेला लामो समयदेखि समाजमा समान्य वाद विवाद निरुपण गरेर मेलमिलाप गर्दै आएका भलमन्सालाई सञ्चार खर्च दिने घोषणा गरेका थिए, ‘उनले भने, ‘चुनावी प्रतिबद्धता अनुरुप वडा कार्यालयबाट मासिक ५ सय रुपैयाका दरले एकबर्षको एकमुष्ट १२ हजार रुपैया वितरण गरेका छौँ ।’

यस अघि पनि विभिन्न तालिमदेखि भलमन्सालाई समाग्री वितरण गरिएको बताए ।पहिलो पटक वडाबाट भत्ता पाएपछि भलमन्साहरु हर्षित भएका छन । कृष्णपुर नगरपालिका २ भलमन्सा समाजका वडाध्यक्ष अम्मर चौधरीले पहिलो पटक वडा कार्यालयबाट भलमन्साहरुले भत्ता पाएको बताए ।

भलमन्सा समाजका अध्यक्ष चौधरीले समाजमा आईपर्ने समान्य वाद विवाद निरुपणका लागि बडघर भलमन्सालाई संचार गर्नका लागि सहज हुने बताए । थारु समुदायमा भलमन्सा चुनेर गाँउमा उत्पन्न हुने समान्य प्रकृतिका वाद विवाद निरुपण गर्दै आएका छन ।

सम्बन्धित समाचार

Leave a Reply